सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनसक्ने संकेत गरेका छन् ।
नेपाल मिडिया सोसाइटीले शुक्रबार गरेको कार्यक्रममा मन्त्री खतिवडाले मिडिया सञ्चालकहरुको समस्या भए सम्बोधन हुनेगरी न्यूनतम् पारिश्रमिकमा छलफल हुनसक्ने बताएका हुन् ।
पूर्ण प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध रहेको भन्दै उनले ‘मिडिया हाउस’हरुलाई पनि जिम्मेवार बन्न आग्रह गरे ।
मिडिया सोसाइटीले लोककल्याणकारी विज्ञापन बन्द गर्नुपर्ने, विज्ञापन बोर्ड गठन गर्नुपर्ने, सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।
Discussion about this post