शुक्रबार रातिदेखि खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाली लगायत कुनै पनि नागरिक नेपाल आउन पाउँदैनन्। सरकारको यो निर्णयले यतिबेला नेपाल आउन ठिक्क परेका नेपाली श्रमिक कामदार सबैभन्दा बढी पीडामा,मारमा परेका छन् ।
कोरोनाको पिडाको बेलामा आफ्नै देशमा जान नपाईने,फर्किन नपाईने सरकारको यो निर्णयमा त कतिपय घर फर्किन लागेका कामदार ले खुलेर सरकारको बिरोध गरिरहेका छ्न ।
तर नेपाल सरकारले विभिन्न देशमा रोजगारीको सिलसिलामा बसिरहेका , घर फर्किन खोजीरहेका नेपालीहरुलाई जहाँ हुनुहुन्छ ,जुन अवस्थामा हुनुहुन्छ त्यहीँ केही समयको लागी सुरक्षित साथ बस्न आग्रह गरेका छ्न । कोरोनाको माहामरी कम नहुन्जेलसम्म मनमा धैर्य धारण गरेर बस्न , नआतिनु हुन आह्वान गरेका छ्न ।
२० मार्च २०२० देखि अप्रिल १२ तारिख २०२० सम्म नेपाल् सरकारले नेपाली नागरिकहरु स्वदेश फर्किन नपाउने सुचना सार्वजनिक गरेका छ्न ।
यता मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
अहिलेसम्म मलेसियामा कोरोनाको संक्रमण लागेको ब्यक्ती १ हजार भन्दा माथी पुगेको छन भने कतिपय बिरामीको उपचार सकिएर घर फर्काईएको छ । अहिलेसम्म ३ जना मलेसियन नागरिकको ज्यान कोरोना भाइरसको कारण गैईसकेको छ्न ।
त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द भएका छन । याे अवस्थामा फलाईट क्यान्सिल र प्रतिबन्धित अवस्थामा नेपाल लगायत अाफ्ना मुलुक जान तयारीमा रहेका तथा भिषा सकिएका विदेशीलाई त्यहाँको सरकारले भिषामा राेकताेक नगर्ने जनाएको छ ।
भिषा सकिएको अवस्थामा सम्बन्धित व्यक्तिले,रोजगारतादा कम्पनीले मलेसियन अध्यागमन बिभागमा सम्पर्क गरि भिषा तथा स्पेसल पास लिन सकिने बताईएकाे छ ।
Discussion about this post