बाराको जीतपुरसिमरा स्थित सिमरा–डुमरवाना सडकखण्डमा आईतवार साँझ स्कुटर दुर्घटना भएको छ । औराहाको शसस्त्र प्रहरीको गुल्म नजिक सडकमा रोकि राखेको ट्रकमा स्कुर पछाडीबाट ढोकिन गई दुघटना भएको हो ।
औराहा चोक भन्दा पुर्व सेजको अगाडी भएको त्यस दुर्घटनामा परि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ कुशमाडीका १७ वर्षिय दिपक चौधरीको मृत्यु भएको छ भने कलैया ९ बस्ने मनहर्वाका २२ वर्षिय हरेन्द्र चौधरी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले बताए।
घाईते भएकोलाई सिमरा स्थित अलपाईन अस्पतालमा प्रथामिक उपचार गराएर थप उपचारको लागि बिरंगज न्यूरो अस्पताल पढाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
Discussion about this post