कावासोती बाघखोर नवलपरासीमा अवस्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे नेपालकै नमुना सामुदायिक होमस्टे बन्न सफल भएको छ । छ बर्षअघि स्थापित होमस्टे २१ घरधुरी बाट सुरु गरिएको थियो । पर्यटकको आगमनमा वृद्धि र बाँकी रहेका घरधुरीमालाई समेटेर जानुपर्ने अवस्थाले आज ३० घरधुरीमा होमस्टे राखिएको छ । होमस्टे गाउँमा मुसहर, बोटे र थारु जातिको बसोबास रहेको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गरी बनाईएको प्रत्येक घरमा दुई कोठे भवनमा बाथरुम समेत भित्र नै जडान गरिएको छ । घर थारु जातिको डिजाइनमा बनाइएको छ । माटोले लिपिएको पर्खालमा बुट्टा तयार गरिएको छ ।
होमस्टेका तस्बिरहरु :
Discussion about this post