नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुरा पुष्टि गरेको हो । यो पुष्टि भए संगै नेपालमा संक्रमित संख्या ९ जना पुगेको छ, जसमा एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत रहेका छन् ।
काेराेना संक्रमण पुष्टि भएकामा भारतकाे मुम्बईबाट फर्केका २१ वर्षीय युवा, भारतकाे उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।
कैलाली घर भएकी महिलाकाे परिवारमा यस अघि एक जना पुरूषमा काेराेना संक्रमणा देखिएकाे थियाे ।
Discussion about this post