बिश्व भरी कोरोना भाइरसको त्रासले त्रसित भएको बेला एता प्रदेश दुईको एकमात्र माहानगर पर्साको बीरगंज महानगरपालिकामा लामखुटे आतंक मचाउदा आफुहरू दोहोरो मारमा परेको नगरबासीले गुनासो गरेका छन l
नेकपा युवा हरू अकलेश साह ,सभा अन्सारी ,महमुद अन्सारी, सबिब अन्सारी ,मुस्तुफ अन्सारी ,एशान अन्सारी ,सम्सुल हक अन्सारी ,असलफ अन्सारी ,कलिम अन्सारी लामखुट्टे नष्ट गर्ने बिषादी छर्केर सहयोग गरेका थिए।
कोरोनाको त्रास संगसंगै लामखुटेको टोकाईबाट आजित बनेका नगरबासिको पीड़ालाइ ध्यानमा राखी केही नेकपाका स्थानीय युवा नेताहरू वडा १२/१३ मुर्लीमा बुद्धबार लामखुट्टा नष्ट गर्ने बिसादी छार्केको समाज परिवर्तन नेपाल पर्साका अध्यक्ष अकलेस साहले बताउनु भयो l
महानगरपालिका जस्तो ठाउमा नगर प्रमुख अर्थात मेयर बिजय कुमार सरावगीको उदासीनताले समयमा लामखुटे मार्ने बिसादी नछर्किदा डेंगू हुने उच्च जोखिम रहेको नागरबासी बताऊछन l
यसै गरी मेयर सरावगीको रवैया आगामी दिन सम्म पनि यस्त्तै रहि रहयो भने कोरोना जस्तै महामारी डेंगूको पनी आउन सकने भन्दै नगरबासी अहिले चिन्तित भएका छन l
Discussion about this post