विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना) संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । चीनको बुहानबाट फैलिएको भनिएको भाइरस संसारभर फैलिएको हो ।
वर्ल्डो मिटरको अनुसार अहिले संसारभर कोरोना संक्रमितको सख्या १२ लाख ८७ हजार १ सय १२ पुगेको छ भने मृतकको संख्या ७० हजार ५ सय २७ पुगेको छ । संक्रमित मध्ये २ लाख ७१ हजार ८ सय ८२ निको भएका छन् ।
संक्रमितको संख्या अमेरिकामा मात्रै ३ लाख ३६ हजार ८ सय ५१ पुगेको भने मृतकको संख्या सबैभन्दा धेरै इटालीमा १५ हजार ८ सय ८७ रहेको छ ।
भाइरस उद्गम भएको भनिएको चीनमा भने संक्रमित सङ्ख्या न्युन हुदै गएको छ । त्यहाँ संक्रमित संख्या ८१ हजार ७ सय ८ पुगेको छ भने मृतकको संख्या ३ हजार ३ सय ३१ पुगेको छ ।
छिमेकि राष्ट्र भारतमा भने संक्रमितको संख्या निकै नै बढेको छ । एकैदिन भारतमा संक्रमित संख्या ७ सय १ जना बढेका छन् । आजको डाटा अनुसार भारतमा ४ हजार ३ सय १३ जना पुगेका छन् भने मृतकको संख्या १ सय १८ जना पुगेका छन् ।
नेपालमा संक्रमित संख्या बढ्दो क्रममा छ । हालसम्म नेपालमा संकमिताको संख्या ९ पुगेको छ भने एक जना निको भएर घर फर्केका छन् । सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ भनेको छ । भारतबाट फर्किएका भनिएका युवाबाट भाउजुमा उक्त भाइरस सरेको सरकारले जानकारी दिएको छ ।
यसैगरी सरकारले कोरोना रोकथाम गर्न थप एक हप्ता लकडाउन लम्ब्याउने बताएको छ ।
Discussion about this post