इटहरी उपमहानगरपालिकाको नगरप्रमुख,मेयर द्धारिकलाल चौधरीले ६ महिना सम्म लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै बस्न नदिने प्रतिवद्धता जनाएका छन ।
प्रमुख चौधरीले सञ्चारकर्मी संगको कुराकानीको क्रममा भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले वताउनुभयो । साथै नगरभित्र रहेका हरेक वडाका अध्यक्षहरु पनि राहत सामाग्री बितरणमा लागेको बताउनु भयो।
उद्यमी,ब्यवसायी,वैक,सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले वताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवार मध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन । उनीहरु दिनभर श्रम गरेर त्यसवाट प्राप्त ज्याला वाट वेलुका छाक टार्ने गर्छन । ती जनतालाई भोकभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका वैठकले सवै वडाहरुमा राहत वितरण गर्न थालिएको हो । अहिले सवै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय वैठक वसेर राहत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ ।
यसैबिच नगरप्रमुख चौधरीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग आग्रह गर्नुभएको छ । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ० ५ ९ ० ३ आठ ओटा सुन्य ५ ० ० ४ ० ० मा रकम सहयोगका लागि आग्रह गरिएको हो । इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो ।
जानकारी अनुसार राहत कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गैइरहेको छ।स्त्थानीय , अगुवा, ब्यवसायी, ब्यापारी, सहकारी सञ्चालकहरुले समेत कोषमा सकेको आर्थिक रकम जम्मा गरेर सहयोग गरिरहेको छ।
Discussion about this post