• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न तयार रहेको इरानको भनाइ

पत्रपत्रिका पत्रपत्रिका
May 11, 2020
पत्रपत्रिका, मुख्य समाचार, विश्व
A A
0
7
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

इरानले अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्नका लागि तेहरान तयार रहेको आइतबार बताएको छ । यसका लागि कुनै पूर्वशर्त राखिनु नहुने धारणा तेहरानको छ । यसबारे अमेरिकी धारणा भने आइसकेको छैन ।

“तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,” इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ । “अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,” उहाँले भन्नुभयो । इरानले कैदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उहाँले बताउनुभयो ।

“वासिङ्टनलाई कैदीबन्दी आदानप्रदानका लागि हाम्रो तत्परताबारे जानकारी भएको छ त्यसैले कुनै मध्यस्थताको आवश्यकता छैन ।” इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो । उक्त समय नै इरानले समानरूपमा हुने कैदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो ।

अमेरिकामा जैलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताउनुभयो । अमेरिकी जेलमा रहेका इरानी नागरिकलाई असल व्यवहार नभएको रबीईले दावी गर्नुभयो । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले गत हप्ता सबै कुरा तयारी भएको र उहाँ छिट्टै इरान फर्किने घोषणा गर्नुभएको थियो । तर उहाँले यसबारे विस्तृत कुरा गर्नुभएको थिएन ।

इरानले अमेरिकी नागरिक साइमक नमाजी, उहाँका पिता बाकेर र वातावरणविद् मोराद तावेजलाई जासुसी गरेको लगायतका विभिन्न आभियोग लगाई उक्त मुद्दामा दोषी ठहर गर्दै जेलमा राख्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च अमेरिकी नौसैनिक अधिकारीलाई मार्च १९मा अस्थायी रूपमा रिहा गरेको थियो । अमेरिका र इरान दुवै मुलुकले कोरोना भाइरसको प्रकोपलाई ख्याल गर्दै कैदीहरूलाई छाड्न आग्रह गर्दैआएका छन् ।

इरान महामारीका कारण मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित र विश्वकै धेरै प्रभावितमध्ये एउटा मुलुक हो । त्यस्तै अमेरिका कोरोनाभाइरस सङ्क्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । इरानले मार्चपछि अहिलेसम्ममा आफ्नो देशको जेलमा रहेका करिब एक लाख कैदीलाई कोरोनाभाइरसको जोखिमका कारण विभिन्न चरणमा रिहा गरेको इरानी न्यायपालिकाले जनाएको छ ।

इरान र अमेरिकाबीच दशकौँदेखि वैमनस्यता कायम रहँदै आएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानसँग विश्वका शक्तिराष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता हुने र इरानमाथि थप प्रतिवन्ध घोषणा गरेपछि सम्बन्धमा थप जटिलता रहँदैआएको छ ।

शेयर 7Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
पर्सामा पत्रकारमाथि प्रहरीको ज्यादती : एक सातामा ४ पत्रकार नियन्त्रणमा

पर्सामा पत्रकारमाथि प्रहरीको ज्यादती : एक सातामा ४ पत्रकार नियन्त्रणमा

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist