कावासोती नगरपालिकाका उपप्रमुख तथा कोरोना नियन्त्रण संयन्त्रका प्रमुख प्रेम शंकर मर्दानिया थारु कोरोना महामारी संगै आफ्नो सक्रियता बढाउनुभएकोछ । पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न भन्दै रातदिन नभनी काममा ब्यस्त हुनुहुन्छ । झन्डै दुई महिना लकडाउन हुँदा उहाँ कहिले राहत वितरण त कहिले जनताको समस्या बुझ्न स्थानीयको घरदैलोमा पुग्ने गरेको स्थानीय नागरिक समेत बताउने गरेका छन् ।
पछिल्लोपटक उपप्रमुख कोरोनाको अति जोखिम मानिने सुनवल पुगेर भारतको बिभीन्न ठाउँबाट घर फर्किरहेका पालिकाको नागरिकलाई उद्दारगरी धन्यवादको पात्र बन्नुभएको छ । उद्धार गरिएका नागरिकलाई सम्बधित वडा कार्यालयको जिम्मा लगायर क्वारिन्टिनमा राख्ने व्यवस्था गरेका छन्।
Discussion about this post