नेपाल समाजवादी ट्रेड युनियन महासङ्घले १३१औँ अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा शुभकामना सन्देश दिएको छ । महासङ्घका अध्यक्ष लालध्वज नेम्वाङ्द्वारा हस्ताक्षरित विज्ञप्तिमा आम श्रमजीवीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको छ । नेपालको संविधानले श्रमीकको हक अधिकारलाई मौलिक हकको रुपमा स्वीकारेको अवस्थामा पनि नेपाली श्रमजीवी जनताले पीडा भोग्नु परेको उल्लेख गरिएको छ । सबै प्रकारको श्रमको सम्मान गरिनुपर्ने र श्रमीकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग पनि महासङ्घले गरेको छ ।
कोभिड-१९ को सङ्क्रमणको कारण विश्वभर लकडाउन छ । नेपालमा पनि सोही अवस्था छ । यस कष्टकर घडीमा विश्वभरिकै श्रमीक पीडामा छन् । नेपाल भित्र र बाहिर रहेका श्रमीकहरुको अवस्था झनै दयनीय छ । राज्यले उनीहरुको जीवीकोपार्जनका लागि कुनै ठोस कदम चालेको छैन् । यस प्रकारको सङ्कटमा खानै नपाउनु भनेको सामान्य कुरा होइन । महासङ्घले श्रमजीवी जनताको सुरक्षाको लागि आवश्यक कदम चाल्नु पर्ने माग सरकारसँग गरेको छ । यस दुःखको घडीमा धर्यधारण गर्न सबै श्रमीकहरुमा अनुरोध गरेको छ ।
Discussion about this post