• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

 कुमारीत्व: कति भ्रम कति सत्य ?

EASYKHABAR EASYKHABAR
June 24, 2020
विचार
A A
0
257
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

पवित्रा घिमिरे/नेचुरल्लिदीपक

नेचुरल्लिदीपक/पवित्रा घिमिरे

तिमी भर्जिन हो? भन न नढाँटी के हो? मलाई त भर्जिन केटी मनपर्छ। अनि केटी नाजवाफ। कुनै उत्तर दिन सक्दिन। उसलाई डर छ कि उसलाई नराम्रो ठानिन्छ, नराम्रो केटीको संज्ञा दिइन्छ; जस्ता कुराहरुले ऊ आफुलाई कमजोर बनाउछे। यस्ता धेरै उदाहरणहरु छन जहाँ केटाहरुले केटीहरुकाे कुमारित्वलाई लिएर अनगिन्ती भ्रमहरु पालेका छन। आखिर के हो त कुमारीत्व र यो साँचै महिलाको पबित्राता नाप्ने माध्यम हो? के केटाहरुको कुमारत्व हुँदैन? सधैं कुमार नै रहिरहन्छन? के हो त यौन चाहना?

केही समय अगाडि मेरो एकजना साथीसँग (दिक्षा, नाम पारीवर्तन) कफि खाने क्रममा कुनै क्याफेमा धेरै बेर वार्तालाप भएको थियो। हामीले धेरै कुरा गरिसकेपछी उसले मनमा रहेको पीडा  सुनाइ रुँदै र भकानिदै। उसको गुनासो थियो कसैले उसलाई माया गर्ने बहनामा धोका दिएर गयो। उसलाई बिहे गर्छु भनेर निरन्तर रुपमा यौन सम्बन्धको लागि जबर्जस्ती गरायो र आफ्नो ईच्छा पुरा गरिसकेपछि ऊ गायब भएछ। दिक्षाले उसको पुरै खोजी गरिछे तर उसको अत्ताेपत्तो पाउन नसकेपछि उ धेरै बेचैन भएकी रहेछ। उसलाई पश्चताप् भएको रहेछ कि उसको कुमारातित्व टुट्यो ऊ अब कन्या ठाहरिदैन उसलाई विवाह गर्न गाह्रो हुन्छ यदी विवाहपछी पनि उसको हुनेवला श्रीमानले उसलाई कुमारीत्व टुटेको थाहापाएपछी नराम्रो व्यबहार गर्छ र सम्बन्धमा दरार आउन सक्छ। उसको यो सब कुरा सुनिसके पछि म त अक्क न बक्क भएँ तर उसलाई साम्झाएँ।

केही बर्ष अगाडि हामी केटीहरु को समुह कतै घुम्न गएका थियाैँ। धेरै रमाइलो गर्यौ। राती सुत्ने बेला सबै केटीहरुले सबै बिषयमा कुरा गर्यौ र आ- आफ्नो विचार  ब्यक्त गर्यौ। प्रसँगबस विवाह र भविष्यको कुरा चल्यो अनी सबै केटीहरुले आफ्नो कुराहरु धेरै प्रफुल्ल भएर ब्यक्त गर्न थाले तर यौनको कुरामा भने  सबैको फरक -फरक धारणा पाइयो। सबैले भन्दै थिए, “कुमारीत्व गुमाएका केटीहरुलाई बिहे गर्न गाह्रो हुन्छ, केटाहरुले चेक गर्छ रे भर्जिन छ कि छैन भनेर। धेरै केटाहरु भर्जिन केटी चाहन्छन रे, भर्जिन छैन भने त सम्बन्ध  खत्तम,” जस्ता धेरै कुरा गरिराको थिए। बिचमा एउटा बोलि  (निरु, नाम परिवर्तन)  के हो भर्जिनिटी, कस्तो हो, कसलाई भन्छ भर्जिन, किन चाहिने केटाहरुलाई भर्जिन। उसको कुरा निकै गहकिलो र तर्किक थियो तर सबैले नबुझेर उसलाई उल्टै गाली गरे र भने यसले कस्तो कुरा नबुझेको र के के भनिरहे । ऊ यतिकै चुप लागि। यस्ता धेरै कुरा छन, धेरै उदाहरणहरु छन  हाम्रो समाजमा जहाँ महिलाईलाई भर्जिनिटीको आधारमा मुल्याङ्कन गरिन्छ। आखिर के हो त भर्जिनिटी, कहाँबाट सुरुवत भयो यो?

भर्जिनिटीलाई भिभिन्न तरिकाले ब्यखा गरिएको छ। धेरैले यौन सम्बन्धसग जोडेका छन। जसका अनुसार कैले पनि यौन सम्बन्ध नराखेको। तर यो कुरा यौन सम्बन्धसँग मात्र रहेको छैन। धेरै मान्छेहरुमा यो भ्रम छ कि यौनी भित्र कसैको लिङ्ग पहिलोपटक प्रवेश गर्दा केटीहरुको भर्जिनिटी टुट्छ तर यो कुरामा कुनै  सत्यता छैन। किनकी मान्छेले यौन धेरै तरिका बाट गर्छन्। तसर्थ यौन सम्पर्क  गरेर भर्जिनिटी तुट्छ भन्नु धेरै जटिल कुरा देखिन्छ। यो मान्छेको शरीरसँग नभएर मान्छेको सोच तथा  धारणासँग सम्बन्धित छ। महिलाको यौनीमा रहेको याैनीच्छेद (hymen) लाई लिएर महिलाको कुमारीत्व मापन गरिन्छ। तर योनीच्छेदको विषयमा धेरै विरोधाभासपूर्ण कुराहरु र तर्कहरु रहेका छन। यसलाई कुनै सत्यता र प्रामाणित गर्ने आधारहरु छैनन। मान्छेहरु भन्छन यसले पुरै भाग ओगटेको हुन्छ जब सम्म कसैसँग  यौन सम्पर्क (याेनि लिङ्ग सम्पर्क) गरिएको हुँदैन  तबसम्म याेनी छिद्र हुँदैन ।यौन सम्पर्क गरेपछी पुरै खुकुलो हुन्छ, छिद्र हुन्छ । यस्तो पनि भनिन्छ  यो पुरै कसिलो हुन्छ, यसमा कुनै प्वाल हुँदैन। तर यो मान्यता पूरै भ्रमित छ किनकी धेरै ब्यक्तीहरु जन्मजात रुपमा छिद्र यौनी लिएर जन्मिन्छन। के तिनिहरुले भगवानसँग याैनसम्पर्क  गरेर आएका हुन त? कतिपयको साइकल चलाउँदा, खेल खेल्द अनि स्विम्मिङ गर्दा बिभिन्न कारणले याेनी छिद्र भएको हुन्छ। के ति सब चरित्रहिन हुन त? एक पटक छिद्र भएको याेनी फेरी अर्को भएर आउँदैन। तर किन भर्जिनिटीको नाममा समाजमा महिलाईहरुलाई किन मानबिय र राक्षसी व्यवहार गरिन्छ त?

याेनि खताना गरिने चलन विश्वका अफ्रिका, मध्यपूर्व तथा भारत लगायत अन्य देशहरुमा अझै पनि सामाजिक रुपमा विध्यमान रहेकाे देखिन्छ । याे प्रचलन अत्यन्त भयावह, पाश्विक तथा पीडादायक भएकाेले विश्व स्वस्थ सङ्गठन र विभिन्न राष्ट्रहरुले यसलाई प्रतिबन्धित गरेता पनि पूर्णरुपमा बन्द भैसकेकाे भने छैन। कुमारित्व, सम्मान तथा पवित्रताकाे अाधारकाे रुपमा अझै यस प्रचलनलाई थुप्रै समाजमा अभ्यास गरिँदै अाइएकाे छ । याेनि खताना चार प्रकारले विश्व स्वस्थ सङ्गठनद्वारा गरिएकाे छ;

१) प्रकार -१

भङ्गाकुर ( clitoris) तथा भङ्गाकुर माथिकाे भाग (prepuce) काटिन्छ । अति कम अवस्थामा मात्र prepuce काटिने गरिएकाे छ ।

२) प्रकार- २

 यसमा प्रकार एककाे सबै भाग काटिन्छ र साथमा भित्रि भङ्गाेष्ठ (labia minora) पनि काटिन्छ ।

३) प्रकार – ३

प्रकार २ काे सबै भागकाे साथै बाह्य भङ्गाेष्ठ (labia majora) पनि काटिन्छ । र याेनि सिलाइन्छ, पिसाब र महिनावारिकाे बेला रगत बग्ने सानाे प्वाल छाेडेर । अनि अावश्यकता परेकाे बेला खाेलिन्छ ।

४) प्रकार- ४

यसमा फरक फरक काम गरिन्छ । केही भाग काट्ने वा छेँड्ने वा प्वाल पार्ने वा ताताे पानी प्रयाेग गर्ने अादि-ईत्यादि ।

जे गरेता पनि अति पीडादायि याे बर्बक कार्यले विश्वभर करिब २० कराेड नारिहरुले जीवनभर कष्ठ सहन बाध्य भएका छन् । यसबाट महिलामा तत्कालिन तथा दीर्घकालिन असर पर्ने गरेकाे छ ।

१) तत्कालिन असर

. अत्यन्त पीडा

. अति रक्तश्राव

. मानसिक विषाद

. घाउमा सङ्क्रमण

. पिसाब फेर्न समस्या तथा याेनिमा सङ्क्रमण

. टिटानस लगायत अन्य भाइरस र एच.अाई.भिकाे सङ्क्रमण

२) दीर्घकालिन असर

. याैनसम्पर्काे बेला अति पीडा

. डर र चिन्ता

. लामाे र पीडादायि महिनावारि

. पिडादायि प्रसव, साथै अन्य समस्या

. याेनि फिस्टुला

.पिसाब फेर्नमा दीर्घकालिन समस्या

यसरी घरेलु अाैजार प्रयाेग गरि गरिने याे अमानविय कार्य निर्मुल गर्न अति जरुरि भाकाे देखिन्छ । नेपालमा भए नभएकाे जान्न सकिएकाे छैन । साथै यस कार्यकाे स्वस्थमा कुनै फाइदा नहुने पनि विश्व स्वस्थ सङ्गठनले बताउँछ ।

गहिरिएर हेर्दा यश प्रचलनले महिला याैनिकतामाथि गरिएकाे एक क्रुर कुसंस्कारकाे अर्थमा बुझ्न सकिन्छ । सायदै काेही सामान्य मानिसले याे कार्यलाई सहज ढङ्गले स्विकार गर्न सक्ला । यस्ताे कामकाे भिडियाे मात्र हेर्दा पनि हाम्राे अाँखा रसाउँछ । भर्खर जन्मेका बालिकादेखि १५ वर्षसम्मका किशाेरीहरुमाथि याे अत्यचार गरिँदै अाइएकाे छ ।

चाइनामा रहेको मुसुओ समुदयमा भर्जिनिटीको कुनै कुरा हुँदैन रहेछ। केटीहरुलाई विवाह, बच्चा जन्माउने सबै कुरामा पूर्ण स्वतन्त्रता दिइन्छ। महिलालाई जबर्जस्ती गरेर पुरुषसँग बस्नुपर्ने कुनै वाध्यता छैन। ‘वकिङ म्यारिज’ गर्छन् केटीहरुले। मन परे ठीक छ नत्र अर्को मान्छेसँग अर्को विवाह गर्छन् त्यसैगरी। आफ्नो बाबु चिनाइदैन बच्चाहरुको। महिलाहरु आफ्नो घर र आफ्नो जीवनको मालिक आफै हुन्छन। पूर्णरुपमा स्वतन्त्र भएर जीबन बिताएका नारीहरु खुशी देखिन्छन। त्यहा कुनै पवित्रताका मापन गरिँदैन, यौनिकताका नाममा महिलालाई कुनै परीक्षण गरेर यातना दिइँदैन।

यसरी महिलाहरुलाई भर्जिनिटिको ट्याग लगाएर धेरै यातना  दिनेगरिएको पाईन्छ। याेनी सिलाउन लगाउने, कसिलो बनाउन लगाउने र बिभिन्न हानिकरक औषधीको प्रयोग गर्न लगाएर मरेतुल्य जीबन ज्युन बाध्य किन बनाइन्छ त? यौन सम्बन्ध हरेक ब्यक्तिको आफ्नो चाहना हो। ब्यक्तीले आफ्नो चाहना अनुसार गर्न पाउनुपर्छ। तर कसैको दबाब, धम्की र बहकाउमा परेर होइन। कसैले पनि कसैलाई जबर्जस्ती गरेर यौन सम्पर्क गर्छ भने त्यो ठुलो जघन्य अपराध हो। चाहे त्यो विवाहित जोडीहरु नै किन नहुन यदी दुबैको सहमति छैन भने र एक पक्षले जबर्जस्ती गर्छ भने त्यो अपराध ठारिन्छ। भनिन्छ यौन भगवानले दिएको पवित्र प्रसाद हो तर किन यसलाई नबुझेर गलत प्रयोग गरेर महिलालाई  मात्र यातना दिइन्छ? पशु- पंक्षिमा नि समय हुन्छ। आफ्नो समयमा गर्छन् त्यसपछी चुपचाप। तर किन सर्बश्रेस्ठ भनेर चिनिने मान्छेमा यो चेतना छैन। किन मान्छेहरु यौनको मामलामा चुकेर पिपासु भाईरहेका छन? के पुरुषहरुको कुनै भर्जिनिटी छैन? हुँदैन? के पुरुषहरुजती पटक जोसँग यौन सम्पर्क गरेतापनी भर्जिन नै रहीरहन्छन? कहाँबाट आयो त यस्तो चलन जहाँ महिलालाई मात्र जिउँदै मर्न र बाँच्न बाध्य पारिन्छ?

एकजना युवती जसको यौनिक्ता र यौन सम्बन्धको बारेमा फरक धारणा थियो। यो बिषयमा खुलेर बोल्न र कुरा गर्न सधैं एक किसिमको डरले  च्यापिरहन्थ्यो। अचानक कुनै एक युवक उसको जीवनमा महान गुरु बनेर आउँछ र उसको सबै भ्रम, डर तथा गलत अबधारणालाई पुरै हटाइदिन्छ। युवतीलाई जैले पनि पुरुषहरुप्रति एक किसिमको नकरात्मक धारणाले पिरोलिरहेको हुथ्यो । ऊ ठान्दथी कि सबै पुरुषहरु यौनको पिपासु  हुन। यसो मौका पायो कि केटीहरुबाट फाईदा उठाइहाल्छन। त्यसैकाराण ति युवतीलाई कुनै पनि पुरुषसँग धेरै नजिकिएर कुरा गर्न मन लाग्दैनथ्यो र गर्दिनथि पनि।तर अचानक उसले नितान्त फरक विचारको एउटा पुरुष भेटाउँछे र उसको पुरुषलाई हेर्ने नजर नै बद्लिन्छ। सुरुमा त त्यो युवकले नि त्यस्तो कुनै कुरानै गर्दैन तर बिस्तारै उनिहरु केही खुलेर गफ गर्दा -गर्दै उनिहरु केही नजिएको महसुस गर्छन्। एक दिन प्रसँग बस भर्जिनिटीको कुरा चल्छ। सुरुमा त युवती भन्नै डराउँछे, लजाउँछे, रिसाउँछे तर युवकको मिजासिलो अनि चित्तबुझ्दो तर्क र बिचारले युवती प्रफुल्ल भएर आफ्नो मनको कुरा खोल्छे। युवती को प्रश्न थियो  भर्जिनिटी के हो? सुरुमा त युबकले नबुझेको जस्तो गरेर जबाफ दियो। तर केहीबेरमा युवकले यती राम्रो तर्क गर्छ कि जुन कुरा युवतीले कैले पनि सुनेको र पढेको नै थिएन। युवकको जवाफ थियो कि “मान्छेको शरीरमा भर्जिनिटी भन्ने तत्व नै हुँदैन आत्ममा हुन्छ। तिम्रो आत्म स्वच्छ  हुनु पर्‍यो। अनि यौन सम्कर्प गर्दैमा भर्जिनिटी टुट्छ भन्ने कुरा गलत र भ्रमित मान्यता हो। मान्छेको मन सफा हुनुपर्छ।” यो कुरा सुनिसकेपछी युवतीको चित्त बुझ्छ र पुरुषहरु प्रती हेर्ने दृष्‍टिकोण नै बदलिन्छ। युवतीलाई लाग्यो  कि यो संसारमा राम्रा र असल पुरुसहरु पनि रहेछन, सबै पुरुसहरु यौनको मामलामा मात्रा मरिमेटदा रहेनछन। यसरी युवतीको मन हल्का हुन्छ र युकको कुराले खुशीले गदगद हुन्छे। किनकी त्यो युबकले कुनै अश्लील र फोहोरी कुरा नगरि सफा र स्पष्ट कुरा गरेर सबै भ्रमनै हटाइदिन्छ ।

यि सब माथिका तथ्य तथा  उदाहरणहरुलाइ केलाउदा के बुझिन्छ भने कुमारीत्वको कुरालाई लिएर थुप्रै समाजमा महिलाहरुलाई धेरै मानसिक र शारिरीक यातना दिइन्छ। जुन कुरा पूरै आमानविय र दर्दनाक छ। यस्तो पारीपाटिको अन्त्य गरिनुपर्छ। किनकी कुमारीत्व पूर्णरुपमा भ्रमित कुरा हो। मान्छेको वैवाहिक सम्बन्ध यौन सम्पर्क गर्न दिएको कुनै लाइसेन्स् होइन। यसमामा त पुरै शारीरिक, मानसिक, भावनात्मक, आर्थिक तथा सामाजिक सम्बन्ध जोडीएको हुन्छ। यौन  त केबल ब्यक्तिको चाहना मात्र हो। कसैमा बढी त कसैमा कम्ती होला। कसैले पनि कसैलाई जबर्जस्ती रुपमा गर्न पाउने कुनै त्यस्तो कुरा होइन। यो त नितान्त ब्यक्तिगत कुरा हो । मनिसले यो कुरालाई सहि रुपमा व्यवस्थापन गर्नु अत्यन्त  जरुरी छ। किनकी समाजमा यस्को गलत बुझाईले गर्दा दिन -दिनै अराजक्ता र अनैतिकता तथा चरित्रहरण गर्न कसैलाई नि छुट दिनुहुन्न। हरेक मान्छेमा यौनको बिषयमा सहि बुझाई र शिक्षा हुनु आबश्यक छ। फेरी यौन भनेकाे  व्यक्तिगत चाहना र नैसर्गिक अधिकार हो भन्दैमा जो पायो त्यहीसँग यौन सम्पर्क गर्दै हिंड्नु भनेकाे पक्कै पनि हैन । गलत मान्छेसँगको सम्बन्धले  मान्छेलाई जीबनभर मानिसलाई मानसिक रुपमा चोट पुर्याउछ र जुन हुनु पनि भएन। यसलाई कुनै मजाकको रुपमा लिने बिषय भने पक्कै होइन । यौन कुनै पाप र अपराध पनि  होइन। सहि रुपमा बुझेर अनि सहि तरिकले यस्को प्रयोग गरेर सफल जीवन बिताउनु नै सहि मानिस हुनु हो। यौन तथा कुमारीत्व सम्बन्धी भर्मले गर्दा कसैको चरित्रमाथी शंका गरेर यातना नदिइयोस। हरेक मान्छेले मान्छे भएर बाँच्न पाउनुपर्छ।

शेयर 257Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

December 4, 2020
माफियाको वकालत गर्ने कम्युनिष्ट सरकार !

माफियाको वकालत गर्ने कम्युनिष्ट सरकार !

August 24, 2020
उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

August 20, 2020
२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

August 10, 2020
वास्तविक शुद्रता के हो?

वास्तविक शुद्रता के हो?

July 21, 2020
नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

April 18, 2020
भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

April 4, 2020
देशमा जब-जब महासंकट आउछ्न, सरकारलाई भ्रष्टाचार गर्न सहज हुन्छ कि कसो?: नवल खड्का

देशमा जब-जब महासंकट आउछ्न, सरकारलाई भ्रष्टाचार गर्न सहज हुन्छ कि कसो?: नवल खड्का

April 2, 2020
अर्कोमा जानुहोस्
एसईई परीक्षामा विशेष सावधानी अपनाइने

साउनभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist