नेकपा परित्याग गरि सुदूरपश्श्रिम प्रदेशका सयौ बौद्धिक व्यक्तित्वहरु आज जनता समाजवादी पार्टी नेपाल, बौद्धिक पेशाकर्मी महासंघमा समाहित भएका छन् । आज भर्चुअल सम्बाद मार्फत पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका बरिस्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी प्रवेश गराउनुभएको हो ।
छत्र दर्लामी मगर लगायतका सयकर्डौ इन्जिनियर, कानून व्यवसायी, शिक्षक, प्रध्यापक तथा आर्थिक समाजिक उत्थानमा संलग्न रहनुभएका सयौं जना पार्टीमा प्रवेश गरेको जानकारी जसपाले दिएकोछ ।
बहुमतको सरकार रहेतापनि राम्रोसंग काम गर्न नसकेको, उग्रवामपन्थी विचार पार्टीमा हाबी रहेको भन्दै पार्टी परित्याग गरेको नवप्रबेशिले बताएका छन् ।
Discussion about this post