• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

रुकुमपश्चिम घट्ना, रुपन्देहीकी अंगिरा पासीको बलात्कारपछि हत्या काण्ड र धनुषाका शम्भु सदाको हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग

EASYKHABAR EASYKHABAR
June 23, 2020
मुख्य समाचार, समाचार
A A
0
3
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र दलित नागरिक समाजले रुकुमपश्चिमको सोती नरसंहार, रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सवैलाका २३ वर्षीया शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गरेका छन् ।

 

रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यी तीनै घट्नाको बारेमा सत्य, तथ्य छानबिन भएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग अघि सारेका छन् । रुकुम घट्नाको पोष्टमार्टम रिपोर्टको पनि समितिले घोर भत्र्सना गरेको छ । उक्त रिपोर्ट हेर्दा आफूहरुलाई ठूलो पीडा भएको उनीहरुको भनाई छ । ६ जना युवाहरुलाई कुटी कुटी निर्ममतापूर्वक हत्या गरिएको उनीहरुको ठहर छ । तर, प्रहरीले घट्नाको प्रमाण नष्ट गरेको र पोष्टमार्टममा संलग्न चिकित्सकलेपनि गलत रिपोर्ट बनाएकोमा उनीहरुले दुवैको भत्र्सना गर्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सभासद जीवन परियार, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद लक्ष्मी परियार, जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छतुञ्जेल र नेपाल दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राम नपालीले यी तिनै घट्नामा संलग्न दोषीहरुलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन राज्यसँग माग गरेका छन् ।

उनीहरुले घट्नाको विरोध तथा निन्दा र रुकुमपश्चिम घट्नामा हत्या भएका युवाहरुको पोष्टमार्टम रिपोर्टको निन्दा गरेका थिए । र, दलित समूदायका सबैलाई आन्दोलनमा सहभागिता हुन उनीहरुले आह्वान समेत गरेका छन् ।

कार्यक्रममा संघर्ष समितिका सदस्य, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको जनवर्गाीय संगन समाजवादी दलित मुक्ति महासंघको महासचिव रणबहादुर रम्तेल प्रेस विज्ञप्ती र साझा पार्टीका सामाजिक न्याय विभागका प्रमुख प्रकाशचन्द्र परियारले अपिल वाचन गरेका थिए ।

समिति र समाजले अघि सारेका नाराहरुमा पिडितहरुलाई – न्याय दे, दोषीलाई हदैसम्मको – कारवाही गर, सम्पूर्ण दलितहरू – संघर्षमा डटौं, सम्पूर्ण न्यापे्रमीहरु – एक हौं, दलित–गैरदलितहरु एक हौं – सबै खाले विभेदको अन्त्य गरौं, गैरदलितहरू – अब त जागौं, रुकुम हत्याकाण्डको पोष्टमार्टम रिपोर्ट – धोका हो, रुकुम हत्याकाण्ड दबाउने षड्यन्त्र – मुर्दावाद, हत्याराहरुलाई – सजायको ग्यारेन्टी गर, पीडितहरूलाई क्षतिपूर्तिसहित – न्याय गर, रुकुम पश्चिम हत्याकाण्डको – राजनीतिकरण वन्द गर, विभेदकारी जात व्यवस्था – उन्मूलन गर, मानव अधिकारको – रक्षा गर र दलित एकता – जिन्दावाद रहेका छन् ।

हेरौं समाजले जारी गरेको अपिल र विज्ञप्ती 

हार्दिक अपील
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
नेपालको राजनीतिक परिवर्तनको विकासक्रमलाई स्मरण गर्दा हाम्रा अग्रजहरुले १०४ वर्षे राणा शासन विरुद्धको आन्दोलन, ३० वर्षे निर्दलीय पंचायती व्यवस्था विरुद्धको आन्दोलन, १० वर्षे सशष्त्र युद्ध र २०६२÷०६३ मा सक्रिय राजतन्त्रात्मक व्यवस्था विरुद्धको आन्दोलन संगै झण्डै २४० वर्षको सामन्ती राजतन्त्रको अन्त्यको निम्ती, नेपालका राजनीतिक दलको नेतृत्वदायी भुमिकालाई हामी विर्सन सक्दैनौं । उक्त हरेक आन्दोलन र संघर्षमा नेपालका उत्पीडित एवं दलित समुदायको त्याग, तपस्या र वलिदानको भुमिकालाई नजरअन्दाज गर्न मिल्दैन । राजनीतिक परिवर्तनको आन्दोलनसंगै हजारौं वर्षदेखि कुरीति र कुसंस्कारकोरुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतको पनि संगै अन्त्य हुनेछ भन्ने आशा र विश्वास गरेका थियौं, यद्यपी त्यसो हुन सकेन ।

२०७७ जेष्ठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८, सोतीमा नवराज वि.क., टिकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको वर्वरतापुर्ण नरसंहार र बाह्र जना युवाहरु घाइते हुने गरी भएको आततायी हत्याकाण्ड सर्वविदितै छ । सरकारी तथा गैरसरकारी संस्थागत अध्ययनहरूले स्पष्ट भैसकेको छ कि उक्त हत्याकाण्ड जातीय विभेदका कारण भएको थियो र नियोजित थियो । त्यस जघन्य हत्याकाण्डले नेपाली समाजमा आजसम्म भएका सबै राजनीतिक परिवर्तनका उपलब्धी, छुवाछूतमुक्त राष्ट्र घोषणा र कानुनी व्यवस्थाहरूमाथि गंभीर प्रश्न खडा गरिदिएको छ । त्यसैगरी सिंगो नेपाली समाजलाई कलंकित पार्ने त्यस नृशंस काण्डपछि पनि आम नेपाली समाजमा देखिएको मौनता पीडादायी र आश्चर्यजनक छ, यसले समाजको संस्कृति र शिक्षामाथि पनि दरिलो प्रश्न उपस्थित भएको छ ।
निश्कर्षमा नेपाली समाज आज पनि विभेदकारी वर्णव्यवस्थामा आधारित र जात व्यवस्थाको चेतना एवं संरचनाबाट ग्रस्त छ भन्ने यथार्थ उदाङ्गो हुन पुगेको छ । आजको दुःखद परिवेश पश्चिम रुकुम हत्याकाण्डमै सीमित छैन, रुपन्देहीकी अंगीरा पासी र धनुषा सबैला नपा का शम्भु सदा हुँदै दलितहरूको हत्या लगायत तमाम अत्याचारमा विस्तारित भइरहेछ । नेपालका दलितहरू लकडाउनका बीचमा जोखिम मोल्न बाध्य भएर पनि लगातार देशव्यापी न्यायका निम्ति सडक आन्दोलनमा छन । गैरदलित समुदायका न्यायपे्रमी एवं प्रगतिशील जमातको सानो हिस्सा पनि साथमा सडकमा समेत हुनु सुखद सन्दर्भ बनिरहेछ ।
रुकुम नरसंहारपछि प्राप्त लाशहरुको प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट, प्रमाणहरुको व्यवस्थापनमा भएको गंभीर षडयन्त्र र लापरवाहीले सरकार तथा सम्बन्धित निकायहरु नियोजित गलत उद्धेश्यतिर परिचालित भएको प्रष्ट देखिनु अक्षम्य विषय बन्न पुगेको छ । हात खुट्टा भाँचिएका, आँखा, दाँत फुटाईएका, जिउभरी घाऊ भएका लासहरुको स्थिति प्रकृति मुचुल्कामा न ठोस उल्लेख छ, न त पेटमा पानी नभएको भन्ने स्पष्ट पारिएको छ । त्यस्तै लाशको अवस्था पोष्टमार्टम रिपोर्टले पानी बाहिर भएको बताएको छ । ६ जनाको हत्या र बाह्र जना घाइते बनाउने कुनै हतियार पनि प्रमाणका रुपमा उपस्थित गराइएको छैन । अदालतमा सरकारले अपराधी लाई आजन्म काराबासको माग गरी मुद्दा दर्ता गरेको छ तर आधारभूत प्रमाण कमजोर पारेर ! यसबाट त ठुलो मुद्धा चलाएको हल्ला गरी आक्रोशलाई मत्थर पार्ने अनि समयक्रममा प्रमाण कमजोर भएको नाममा अपराधीलाई क्रमशः मुक्त गर्ने स्पष्ट खाका नै देखिन्छ । तसर्थ, हामी सरकार र त्यसका संयन्त्रहरुले नियोजित रुपमा तयार पारेका पोष्टमार्टम रिपोर्ट, प्रकृति मुचुल्कालाई ठाडै षड्यन्त्रपूर्ण ठानी अस्वीकार गर्दछौं । यस्तो निश्कर्षमा पुग्न हामी यसकारण पनि जायज ठान्दछौं की सरकारकै जाँचबुझ टोलीको निश्कर्षसँग समेत कमजोर बनाइएको मुद्धा मेल खाँदैन ।
अब अदालती न्यायिक प्रकृया लम्बेतान हुनेछ र अपराधीहरुको पक्षमा वातावरण बन्दै जानेछ । त्यसैले समाजलाई कलंकित पार्ने यस नरसंहारका अपराधीलाई सजायँ र पीडितलाई न्यायका निम्ती एक मात्र सबल उपाय बाँकी रहेको छ । त्यो हो, न्यायका निम्ती आम समाजको संघर्ष । दलित समुदाय त संघर्षमा छ तर के यो दलित समुदाय मात्रै लड्नुपर्ने विषय हो ? जात व्यवस्थाको पिंधमा दलित भएकाले सबैभन्दा बढी अत्याचार र पीडा दलितले भोग्नुपरेको छ तर के यो विभेदमय संरचनाले सम्पूर्ण नेपाली समाजलाई प्रगती गर्न रोकेको होइन ?
तसर्थ, नेपालका गैरदलित खस आर्य, महिला, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, अल्संख्यक, अपाङ्गता भएका, पिछडिएको क्षेत्र लगायत सम्पूर्ण न्यायप्रेमी एवं प्रगतिशीलहरुलाई न्यायका निम्ती स्पष्ट आफ्नो सांगठनिक पहिचानसहित सडक संघर्षमा आउन हार्दिक आव्हान गर्दछौं । साथै पार्र्टीभित्रको संरचना, सोच वा अन्य कारणले संयुक्त संघर्षमा जोडिन नभ्याएका दलित संघ÷ संस्था, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार, वकिल, बुद्धिजीवी, कलाकार, लेखक, विद्यार्थी, प्राध्यापक, व्यापारी, उद्योगी व्यवसायी सम्पूर्णलाई संयुक्त संघर्षमा जोडिन विनम्रतापूर्वक अनुरोध गर्दछौं । जबसम्म यस हत्याकाण्डमा न्याय स्थापित हुन्न, तबसम्म राष्ट्रिय संकल्पका साथ हामी आन्दोलनरत हुनेछौं ।
हाम्रा नाराहरुः
पिडितहरुलाई – न्याय दे ।
दोषीलाई हदैसम्मको – कारवाही गर ।
सम्पूर्ण दलितहरू – संघर्षमा डटौं ।
सम्पूर्ण न्यापे्रमीहरु – एक हौं ।
दलित–गैरदलितहरु एक हौं – सबै खाले विभेदको अन्त्य गरौं ।
गैरदलितहरू – अब त जागौं ।
रुकुम हत्याकाण्डको पोष्टमार्टम रिपोर्ट – धोका हो ।
रुकुम हत्याकाण्ड दबाउने षड्यन्त्र – मुर्दावाद ।
हत्याराहरुलाई – सजायको ग्यारेन्टी गर ।
पीडितहरूलाई क्षतिपूर्तिसहित – न्याय गर ।
रुकुम पश्चिम हत्याकाण्डको – राजनीतिकरण वन्द गर ।
विभेदकारी जात व्यवस्था – उन्मूलन गर ।
मानव अधिकारको – रक्षा गर ।
दलित एकता – जिन्दावाद ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाण्डौं र दलित नागरिक समाज
२०७७ असार ८
मिति ः २०७७ असार ०८
आदरणीय संचारकर्मी ज्यूहरु,

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १३ वर्ष पूरा भई १४ वर्षमा प्रवेश गर्दै गर्दा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नंबर ८, सोती निवासी सुष्मा मल्लसंगको जाजरकोट भेरी नगरपालिका वडा नं ४, राना गाउँका नवराज विश्वकर्मा बीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भमा यही मिति २०७७ जेष्ठ १० गते शनिवारको दिनमा स्थानीय गाँउलेहरुको योजनाबद्ध, वर्वतापूर्वक, नृसंश सामुहिक आक्रमणबाट निज नवराज विक, टिकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको विभत्स हत्या भयो र १२ जना युवाहरु सख्त घाइते भएका छन् ।

यसैगरी रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं ११ की १३ वर्षिया बालिका अंगीरा पासीको वलात्कार पछिको हत्याकाण्ड र धनुषा जिल्ला, सवैला नगरपालिका वडा नं १२ का २३ वर्षिया शम्भु सदा मुसहर हत्याकाण्डले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ लगायत प्रचलित ऐन कानूनहरु, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र लगायत विभिन्न प्रतिबद्धताहरुलाई ठाडै चुनौती दिएको छ । यस अमानवीय, बर्बरतापूर्ण र नरसंहारकारी सामुहिक हत्याकाण्ड विरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समिति देशव्यापी चरणबद्ध संघर्षमा रहेका छौं ।

प्रथम चरण अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरुः
१. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार विरुद्ध मिति २०७७ जेठ ११ गते विज्ञप्ती जारी ।
२. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार विरुद्ध मिति २०७७ जेठ १५ र १८ गते माननीय गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो ।
३. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार, अंगीरा पासीको बलात्कार पछिको हत्याकाण्डका विरुद्ध मिति २०७७ जेठ १५ देखि २१ गतेसम्म लगातार धर्ना तथा विरोध सभा ।
४. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार विरुद्ध मिति २०७७ जेठ २२ गते सम्माननीय सभामुखलाई संसदीय विशेष समिति गठनको माग सहितको ज्ञापन पत्र बुझाइयो ।
५. जाजरकोट रुकम–पश्चिम सोती नरसंहारमा मृत्युवरण गरेका युवाहरुप्रती मिति २०७७ जेठ २३ गते श्रद्धाञ्जली सहितको कोणसभा सम्पन्न ।
६. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार, अंगीरा पासीको बलात्कार पछिको हत्याकाण्ड विरुद्ध मिति २०७७ जेठ २३ गते देखि ३२ गते सम्म लगातार विभिन्न दलका नेता, नागरिक समाज, मानव अधिकारकर्मी, युवा विद्यार्थी लगायतको सहभागितामा धर्ना तथा विरोधसभा कार्यक्रम सम्पन्न ।
७. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार, अंगीरा पासीको बलात्कार पछिको हत्याकाण्ड, शम्भु सदा हत्याकाण्ड विरुद्ध मिति २०७७ असार १ गते विभिन्न दलमा रहेका दलित समुदायबाट प्रतिनिधित्व गर्ने अगज नेताहरुसंग आगामी आन्दोलनका योजना कार्यक्रमका विषयमा छलफल तथा परामर्श कार्यक्रम सम्पन्न ।
८. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार, अंगीरा पासीको बलात्कार पछिको हत्याकाण्ड, शम्भु सदा हत्याकाण्ड विरुद्ध मिति २०७७ असार ३ गते नागरिक समाज, दलित समुदायका विभिन्न जातीय समाज, पेशागत संघ÷संगठन, बुद्धिजीवी तथा नागरिक अगुवाहरुसंग आगामी योजना तथा कार्यक्रम छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न ।
९. जाजरकोट रुकम–पश्चिम सोती नरसंहार, अंगीरा पासीको बलात्कार पछिको हत्याकाण्ड, शम्भु सदा हत्याकाण्ड विरुद्ध मिति २०७७ असार ५ गते नागरिक समाज, दलित समुदायका जातीय समाज, पेशागत संघ संगठन, बुद्धिजीवी तथा नागरिक अगुवाहरुको सहभागितामा माइतिघर मण्डलाबाट ¥याली जुलुस सहित बानेश्वरमा सडक धर्ना तथा कोणसभा कार्यक्रम सम्पन्न ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं ।

दोस्रो चरण अन्तर्गत आगामी संघर्षका कार्यक्रमहरुः
जाजरकोट–रुकुम पश्चिम सोती नरसंहार, रुपन्देही–अंगिरा पासी, धनुषा–शम्भु सदा लगायत बर्बरतापूर्ण घटनाविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा संचालन गरिने विरोध कार्यक्रमका स्वरुप सम्बन्धी दोश्रो चरणको कार्यक्रमहरुः
क्र.स. मिति कार्यक्रम विवरण स्थान÷समय कैफियत
१. असार ८ पत्रकार सम्मेलन रिपोटर्स क्लब
२. असार ८–१२ मथि उल्लेखित घटनाका सम्बधमा राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने ।
३ असार ९ माथी उल्लेखित घटनाका विरुद्ध माईतीघर मण्डला देखि सिठ्ठी जुलुस गदै बानेश्वर सम्म पुगेर कोणसभा गर्ने ।

४ असार १० माथी उल्लेखित घटना समाबेस गरेर समाननीय प्रधानमन्त्रीलाई ज्ञापान–पत्र बुझाउने र एक घण्टा शान्तिपुर्ण धर्ना दिने । बालुवाटार÷ दिउसो २ बजे ।
५. असार ११ माथी उल्लेखित घटनाका विरुद्ध माईतीघर मण्डला देखि लालटिन सहित ¥याली÷जुलुस गदै बानेश्वरमा कोणसभा गर्ने ।
६ असार १२ माथी उल्लेखित घटनाका विरुद्ध राजनीतिक दलका शिर्ष नेतृत्व सहितको सडक बहस कार्यक्रम गर्ने । बानेश्वर÷दिउसो २ बजे ।
७. असार १३ माथी उल्लेखित घटनाका विरुद्ध मशालजुलुस गर्ने ।
८. असार १४ बृहत जनप्रर्दशन एवं सभा गर्ने ।
९. असार १५ तेसो चरणको कार्यक्रमबारे छलफल बैठक गर्ने ।

राजनीतिक दलित संघर्ष समितिका संघ÷संगठनहरु ः
१. नेपाल दलित संघ १. दलित नागरिक समाज
२. समाजवादी दलित मुक्ति महासंघ
३. दलित मुक्ति मोर्चा नेपाल
४. नेपाल दलित मुक्ति मोर्चा
५. जातीय समता समाज
६. साझा सामाजिक न्याय विभाग
७. जात व्यवस्था उन्मूलन मोर्चा–नेपाल
८. राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन
९. नेपाल राष्ट्रिय दलित केन्द्र
१०. संघीय दलित शिल्पी मञ्च
११. राष्ट्रिय दलित मोर्चा
१२. संयुक्त दलित अधिकार मंच–नेपाल
१३. विभेद मुक्ति प्रगतिशिल समाज
१४. नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा

शेयर 3Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
अर्कोमा जानुहोस्
सरिता गिरीको घर तोडफोड गर्नेलाई कारवाही माग

सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist