भाद्र महिनामा सम्पन्न हुने थारु राष्ट्रिय संग्रहालय समितिको नयाँ कार्य समिति चयनको मिति नजिकिए संगै नयाँ नेतृत्वको बिषयमा चर्चा बहस हुनथालेको छ । १३ जनाको कार्य समितिमा धेरैजना आकांक्षी रहने गरेका छन् । देशकै प्रतिष्ठाको रुपमा रहेको संग्राहालयको नयाँ कार्यसमितिमा मध्यबिन्दु, मदनपुर निवासी पिताम्बर महतोले अध्यक्षको दाबी गर्नुभएकोछ ।
उहाँले आफु नै संग्राहलयको लागि उपयुक्त पात्र रहेको जिकिर गर्नुभएकोछ । मैले संग्राहालय बनाउने अठोट राखेर नै जिम्मेवारी लिने उद्घोष गरेकोछु सबैले मलाई सहयोग गर्नुहुन्छ भनेर उहाँले इजीखबरलाई बताउनुभयो ।
महतो थारु बिद्यार्थी समाज बिरेन्द्र बहुमुखी क्याम्पस समितिको अध्यक्ष, थारु युवा सभाको कोषाध्यक्ष, थारु कल्याणकारिणी सभा लगायत सामाजिक संघसंस्थामा आबद्ध भएर काम गरिसक्नुभएकोछ ।
Discussion about this post