कोभिड संक्रमणबाट काठमाडौं २१ का काँग्रेस कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि बलम्बुको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको कोरोना संक्रमणकै कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
१३ दिन अघिदेखि ज्वरोखोकी लागेर निकै गाह्रो भएपछि आइतवार अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आज मृत्यु भएको बताइएको छ ।
काँग्रेस काठमाडौं २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले सामाजीक संजाल फेसबुकमार्फत उनको मृत्युको पुष्टि गरेका छन्। उनी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट वडाध्यक्षका प्रत्यासी समेत थिए ।
Discussion about this post