• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 23, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

भाइरल गायक मानस राजको नयाँ गीत ‘उठ्न देउ…’ (भिडियोसहित)

EASYKHABAR EASYKHABAR
August 26, 2020
मनोरन्जन
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

गायक मानस राजले यसअघि चर्चा कमाएका भन्दा फरक धारको ‘उठ्न देउ…’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा संगीत र स्वर गायक मानस राजकै छ । गीतका शब्द भने मनिष वशिष्ठका रहेका छन् । मानस राजको निक्कै मिठो स्वरमा उत्कृष्ठ शब्दले गीत कर्णप्रिय बनेको छ भन्दा फरक नपर्ला ।

गीतको अर्को पाटो म्यूजिक भिडियो निक्कै सशक्त बनेको छ । गायक मानस राजले भनेको ‘फरक काम’ को प्रयास भिडियोमा देखिन्छ । म्यूजिक भिडियोमा मुख्य भूमिकाको रुपमा सञ्जुबाबा देखिएका छन् । उनको अभिनय विशेष छ । संगीता थापा, बालकलाकार क्रिभिषेश खड्का लगायतको अभिनय पनि यो गीतमा देख्न सकिन्छ । कथाको कन्सेप्ट र निर्देशन गायक स्वयम्ले गरेका छन् । भिडियोलाई रिक्की कर्माचार्यले खिच्ने र सम्पादन गर्ने जिम्मेवारी लिएका छन् ।

सञ्जुबाबाले गीतका शब्दअनुसारको भूमिका निर्वाह गर्न सकेका छन् । पेशागत समस्याले सिर्जना गरेको व्यवहारिक कठिनाइ र त्यसपछि तहसनहस बनेको जीवन कसरी फेरि उठाउन सकिन्छ भन्ने कुरा भिडियोमा देखाइएको छ । व्यवहारिक समस्यापछि व्यक्ति कुलतमा फस्न सक्छ र उसको चेत खुलेपछि पुनः सामान्य जीवनमा आउनसक्छ भन्ने सन्देश यो भिडियोले दिएको छ । म्यूजिक भिडियोले गीतका शब्द, सञ्जुबाबा र उनको अभिनयलाई जीवन्तता दिएको छ । यो भिडियोको क्यारेक्टर रियल भएको गायक मानस राज बताउँछन् ।

गायक मानस राज भन्छन्, ‘आज भन्दा करिब १५ महिना अगाडि सामाजिक संजालमा सञ्जुबाबा ह्युमेनिटीज्युलाई देखेपछि यो गीतको भिडियो बनाउन मन उत्साहित भएर आएको थियो । उता सञ्जु बाबा सुध्रिदै थिए, यता म भने एक वास्तविक चरित्रको माध्यमबाट एउटा सन्देशमूलक भिडियो बनाउन बेचैन हुँदै थिए ।’ जति बेला सञ्जुबाबालाई देखे त्यतिबेलै भिडियो बनाउने उनको सपना कारणवस सम्भव भएन । अहिले भिडियो बनाउने बेला सोचेको र खोजेको क्यारेक्टर उपलब्ध थिएन । सञ्जुबाबा मनमा गढेका थिए, त्यसैले उनैलाई खोजे । मानस राज भन्छन्, ‘नेपाल चित्रका किरण पौडेल सरमार्फत सञ्जुबाबाको सम्पर्कमा पुगेर प्रस्ताब राखेँ । उहाँ पनि सहमत हुनु भयो ।’ यही भिडियोमार्फत एउटा सशक्त अभिनेताको रूपमा सञ्जुबाबा धेरै अगाडि बढ्न सक्ने आशा एवम् विश्वास राखेको पनि उनी बताउँछन् । अनि उनले एक स्टाटसमा ‘मेरो एउटै विश्वास छ सहि कामको सुरूवात जुनसुकै बेला पनि हुन सक्छ’ भनेजस्तो उनको फरक धारको गीत र म्यूजिक भिडियो बनाउने काम सञ्जुबाबाबाटै सुरु भयो ।

यसअघि मानस राजका अलि मनोरञ्जनपूर्ण गीतले नै धेरै चर्चा पाएका थिए । ‘भाइरल भइदियो…’ बोलको गीतले त उनलाई सुपरहिट नै बनाइदियो । त्यसले उनलाई भाइरल गायकको रुपमा परिचय दिएको थियो । अहिले आएर एउटा सन्देशमूलक र आशा जगाउने गीत कसरी तयार भयो भन्ने प्रश्नमा गायक मानस राज भन्छन्, ‘लगभग साढे दुई वर्ष अगाडि कुरै कुरामा मनिष वशिष्ठ दाजुसँग एउटा गीत गरौं त भन्ने प्रसंग उप्किएको थियो र दाजुले केही रचनाहरू जिम्मा लगाउनु भएको थियो ।’ ती रचनाहरुमध्येबाट उत्कृष्ट रचना छानेर उनले आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म कम्पोज गरेर एरेन्जमेन्ट पनि गराए । भाईरल भैदियो कै टिमसँग भिडियो बनाउने तयारी पनि सुरू भइसकेको थियो । तर एरेन्जमेन्टको फाईल नदिईकन एरेन्जर बेपत्ता भइदिए । जसले गर्दा त्यतिबेलै भिडियो बनाउने तयारी त्यतिकै तुहियो ।

उनको निरन्तर प्रयास र लगनबाट तयार भयो ‘उठ्न देउ….’ । फरक गीत गरेको बताउने गायक मानस राज भन्छन्, ‘यो गीत अब दर्शक र स्रोताका लागि उनले सुम्पिएको छु, मन पराउने वा नपराउने हजुरहरुकै जिम्मा…।’

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

December 19, 2020
दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने  तयारी

दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने तयारी

November 27, 2020
मनोज महतोको ‘तोर मायाक सागरमा’  म्युजिक भिडियो सार्वजनिक

मनोज महतोको ‘तोर मायाक सागरमा’ म्युजिक भिडियो सार्वजनिक

October 27, 2020
दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

October 5, 2020
गायक संगीतकार सन्तोष दुमी अब निर्देशनमा  (भिडियो सहित)

गायक संगीतकार सन्तोष दुमी अब निर्देशनमा (भिडियो सहित)

September 4, 2020
गायक तथा संगीतकार कन्काईष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’

गायक तथा संगीतकार कन्काईष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’

August 16, 2020
रिपोर्टर्स क्लबको गाइजात्रा विशेषमा व्यङ्ग्य गर्दै कलाकारले भने– नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन्

रिपोर्टर्स क्लबको गाइजात्रा विशेषमा व्यङ्ग्य गर्दै कलाकारले भने– नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन्

August 5, 2020
‘बाटो भुलेर’ सार्वजनिक

‘बाटो भुलेर’ सार्वजनिक

June 16, 2020
अर्कोमा जानुहोस्
उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय

उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    59 शेयर
    शेयर 24 Tweet 15
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    44 शेयर
    शेयर 18 Tweet 11
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist