मध्यबिन्दु नगरपालिकामा भदौ १४ सम्म लकडाउन जारी गरिएकोछ । पालिकाले आज सूचना जारी गर्दै उक्त घोषणा गरेको हो ।
समुदायस्तरमा कोरोनाका संक्रमित बढेको भन्दै आजदेखि भाद्र १४ गते मध्यराती १२ बजेसम्म बन्दाबन्दी कायम रहनेछ । विद्यालय, लघुवित्त संस्था, सरकारी तथा गैर सरकारी संस्थाहरु बन्द गरिएकोछ ।
त्यसैगरी पर्यटन ब्यवशाय, होटेल तथा रेष्टुरेन्ट बन्द गरिएका छन् । सामाजिक कार्य, बैठक, छलफल, गोष्टी, सेमिनार, भेटघाट गर्न बन्देज गरिएको छ । मृत्यु संस्कारमा बढीमा २५ जना सहभागी हुन पालिकाले सुचित गरेकोछ ।
Discussion about this post