• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

जापानको नारिता उडेसँगै नियमित अन्तर्राष्ट्रिय उडान सुरु

EASYKHABAR EASYKHABAR
September 2, 2020
देश, बिशेष समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।

सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।

सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि दैनिक पाँच सयभन्दा बढी यात्रु ल्याउन नपाउने सीमालाई बढाएर आठ सयसम्म यात्रु ल्याउने निर्णय गरेको छ । यसै समयमा भइरहेको उद्धार उडानसमेत जोडेर सो सङ्ख्यामा यात्रु ल्याउन सक्ने सरकारको निर्णय छ । मन्त्रालयले नियमित अन्तर्राष्ट्रिय उडानसँगै सार्वजनिक गरेको तालिकाअनुसार सेप्टेम्बरभर २७ वटा उद्धार उडान हुनेछन् ।

नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले केही विशेष नियम पनि बनाएको छ । यस्तो उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रुसमेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै बेहोर्नुपर्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित किसिमको अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । खासगरी कोभिड सङ्क्रमणबाट बच्ने उपायसहित विमानस्थलका हरेक प्रक्रियाका लागि आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै विमानस्थल सुधारतर्फ बन्दाबन्दीकै अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी वे तीन सय मिटर विस्तार गरिएको छ । यात्रु आगमनलाई सोझै विमानस्थल प्रवेशद्वार नजिकैको ट्याक्सी पार्किङ स्थलतर्फ लैजाने व्यवस्था गरिएको छ । सामाजिक दूरी कायम गर्ने तथा विमानस्थलको साजसज्जा पनि यसैबीचमा सम्पन्न भएको छ ।

नियमिततर्फको अन्तर्राष्ट्रिय उडान सुरु भए पनि आन्तरिक उडान भने खुला भएको छैन । सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म आन्तरिक उडान खुला नगर्ने निर्णय गरिसकेको छ ।

सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको सङ्ख्या बढाएको छ । भदौ १७ देखि खुल्ने उडानबाट दैनिक आठ सय जना स्वदेश आउन पाउने छन् । यसअघि सरकारले दैनिक पाँच सय मात्र आउन दिने निर्णय गरेको थियो ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

February 26, 2021
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै, संसद बैठक आह्वान गरिने

February 26, 2021
राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

February 25, 2021
भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ : अध्यक्ष यादव

भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ : अध्यक्ष यादव

February 22, 2021
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू

February 22, 2021
पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

February 22, 2021
प्रधानमन्त्री ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै बाबुरामले उठाए प्रश्न, पूर्वप्रमहरुको पनि सम्पत्ति छानबिन गर्न माग

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य उपचार गर्न भारत प्रस्थान गर्दै

February 21, 2021
अर्कोमा जानुहोस्
दलितहरुमाथि भएको घटनाहरुको छानविनका गर्न आन्तरिक मामिला मन्त्रीको संयोकत्वमा समिति गठन

दलितहरुमाथि भएको घटनाहरुको छानविनका गर्न आन्तरिक मामिला मन्त्रीको संयोकत्वमा समिति गठन

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist