• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

RSS RSS
October 5, 2020
प्रवास, मुख्य समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औंँ युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा विचाराधीन सो ऐन एक पटकको नेपाली सधैँैको नेपाली भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसँंग जोड्ने प्रावधानसहित पारित गर्न सबै सांसद तथा प्रमुख राजनीतिक दललाई आह्वान गरेको छ ।

मातृभूमिका लागि सीप र ज्ञान, महिला तथा युवा आवाजका लागि हाम्रो अभियान मूल नारा रहेको भर्चुअल सम्मेलनमा ११ औंँ युरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्र आयोजना गरिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेको सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा नेता डा गङ्गाधर तुलाधर, नेपाली कांग्रेसका नेता गगनकुमार थापा, राजदूत, एनआरएनएका केन्द्रीय नेतृत्व, पूर्वअध्यक्ष, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीको सहभागिता थियो ।
सम्मेलनले युरोपमा कोरोना सङ्क्रमणको ‘दोस्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञले दिइरहेकाले सुरक्षित रहन सबै गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ ।

सन् २०१९ मा नेपाल सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एनआरएनएले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु १० अर्बको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता सम्मेलनले गरेको छ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चन हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै सम्मेलनले युरोपस्थित नेपालीलाई उक्त कोषमा लगानी गर्नसमेत आह्वान गरेको छ ।

नेपालका हस्तकला, पश्मिना, चिया, कफीलगायत उत्पादनको निर्यात युरोपेली बजारमा वृद्धि गर्न र आआफ्ना घरमा नेपाली उत्पादनको प्रयोग बढाउनका लागि प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरुले विशेष भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । यसैगरी संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्न संसारका धेरैजसो देशसँग दोहोरो कर तिर्नु नपर्नेसम्बन्धी सन्धि, लगानी प्रवद्र्धनसम्बन्धी सन्धि गर्न नेपाल सरकारलाई सम्मेलनले आग्रह गरेको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ’पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारका रुपमा काम गर्न एनआरएन तत्पर रहेको बताउँदै उक्त रणनीतिमा आन्तरिक पर्यटनसँंगै एनआरएन पर्यटनको विषयलाई पनि अरु स्पष्टरुपमा उल्लेख गर्न सम्मेलनको १८ बुँदे निर्णयमा अनुरोध गरिएको छ ।

केही वर्षदेखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहकलगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइरहेकामा यथाशीघ्र सो प्रतिबन्ध हटाई युरोपेली आकाश खुला गर्न हाल भइरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न सम्मेलनले नेपाल सरकारलाई आग्रह गरेको छ ।

नेपालीको बढ्दो सङ्ख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न आग्रह गरिएको छ ।

कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका करीब पाँच लाख नेपालीलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकाय तथा निजी क्षेत्रसमेतसंँग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

खाडी, मलेसियालगायत मुलुकमा रोजगारी गुमाएका लाखौंँ नेपाली नेपाल फर्कन पर्खिरहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, अर्थाभाव बेहोरिरहनुभएका नेपालीलाई निःशुल्क उडानको व्यवस्था मिलाउन तथा दशैंँतिहार अगावै अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न सम्मेलनले नेपाल सरकारसंँग आग्रह गरेको छ । सम्मेलनले सङ्घका सबै क्षेत्रमा क्षेत्रीय आपत्कालीन कोष निर्माण गर्नका लागि एनआरएनए केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।

दोस्रो ज्ञान सम्मेलनमा पांँच विषयगत सत्रमा नेपाली तथा गैरआवासीय नेपाली विज्ञले प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल भएको थियो । कोभिड –१९, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जाको विकास, वातावरण संरक्षण, पूर्वाधारलगायत क्षेत्रमा नेपालमा रहेका सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थासमेतका साझेदार र विदेशमा रहेका गैरआवासीय नेपाली विज्ञ तथा संस्थासँग निकट सहकार्य गर्न सम्मेलनले आह्वान गरेको गैरआवासीय नेपाली सङघ युरोपका संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

December 30, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
अर्कोमा जानुहोस्
प्रदेश ५ को नाम लुम्बिनी–थरुहट–मगरात राख्न जसपा र जनमुक्तिको माग

प्रदेश ५ को नाम लुम्बिनी–थरुहट–मगरात राख्न जसपा र जनमुक्तिको माग

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist