सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार दशैं पछि ढल्ने बताएका छन् । आफु निकटका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
खासगरी कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णयमा उनको आपत्ति छ । यस्तो तत्काल फिर्ता लिन मा गर्दै नेता नेपालले मंगलबार नै विज्ञप्ती निकालेका थिए । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए ।
मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।
Discussion about this post