• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

सरकारी अधिकारीद्वारा स्पष्टोक्ति : यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने

EASYKHABAR EASYKHABAR
October 14, 2020
मुख्य समाचार, शिक्षा
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहको नियमित छलफल कार्यक्रम शिक्षाबारका लागि सोमबार आयोजित ‘वैकल्पिक सिकाइ मूल्याङ्कनका आधार र तयारी’ विषयक भर्चुअल अन्तक्र्रियामा भट्टराईले भने, ‘यो वर्ष पढाएर परीक्षा लिने होइन, सिकाएर विद्यार्थीको मूल्याङ्कन गर्ने हो । त्यसैका आधारमा विद्यार्थीलाई कक्षान्नोति गर्ने हो ।’

अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत् वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्यौल विद्यालयहरुमा रहिरहेको अवस्थामा निर्देशक भट्टराईले यसबारे थप स्पष्ट पारेका हुन् । उनले शिक्षकहरुलाई तीनघण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइएको बताए ।

अंकको अल्झनमा परेर ग्रेडिङ गर्नेभन्दा पनि विद्यार्थीले जानेको र उनीहरुले गरेका क्रियाकलापलाई आधार मानी शिक्षकले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । ‘मुख्य कुरा विद्यार्थीले पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गरे÷गरेनन् भन्ने हो । उनीहरुले के सिके भन्नेबारे कसरी मूल्याङ्कन गरियो भनेर शिक्षकले प्रमाणचाहिँ राख्नु पर्छ,’ भट्टराईले भने, ‘गृहकार्य गराएको हो वा परियोजना कार्य ? अथवा टेलिफोनबाट प्रश्न सोधिएको हो ? त्यसको प्रमाण शिक्षकले राख्नु पर्छ । त्यो नै कायसञ्चयिका हो । अनि मात्र त्यसले मान्यता पाउँछ ।’

पाठ्यवस्तु समायोजन ढाँचाअनुसार खासगरी तीन प्रकारको मूल्याङ्कन हुनेछन् । एउटा निरन्तर, दोस्रो प्राक्टिकल र तेस्रो प्रमाणीकरण मूल्याङ्कन । यसमा ‘टेक्स्ट’ (पाठ्यवस्तु) र ‘कन्टेक्स्ट’ (परिवेश)मा आधारित प्रश्न सोध्न सकिनेछ । गृहकार्य, परियाजना कार्य, साना समूहमा विभाजन गरी प्रश्न राख्ने, टेलिफोनमार्फत् सोध्ने, अनलाइन प्रविधि आदि विधिबाट विद्यार्थीको मूल्याङ्कन गरिने बताइएको छ ।

पाठ्यक्रमका निर्देशक भट्टराईका अनुसार सामान्य अवस्था जस्तो तेस्रो त्रैमासिकसम्मको परीक्षा लिने नभई जम्मा दुईपटक विद्यार्थीको मूल्याङ्कन गरिनेछ । पहिलो मंसिरको अन्तिम साता र अर्काे चैतको पछिल्लो हप्ता मूल्याङ्कन गरिनेछ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले पनि मूल्याङ्कन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी उल्लेख गरेको छ । यसका लागि विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र एकजना स्थानीय विज्ञ सम्मिलित समितिले काम गर्ने उल्लेख छ ।

पाठ्यक्रमविद् डा. तीर्थराज पराजुलीले भने अहिलेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्य समायोजन ढाँचाले मूल्याङ्कनमा ‘सामाजिक न्याय’ कतिको गर्न सक्ला भनी प्रश्न राखे । ‘कमजोर विद्यार्थीलाई अझ कमजोर हुने अवस्था आउन दिनु हुन्न । मूल्याङ्कनमा सबै विद्यार्थीले समान अवसर पाउनु पर्छ,’ डा. पराजुलीको सुझाब छ, ‘सबै विद्यार्थीको एकै समयमा समान तरिकाले मूल्याङ्कन हुने विधि हुनु पर्छ ।’

छलफलमा देशका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आफूहरुले गरिरहेको मूल्याङ्कन अभ्यासबारे जानकारी गराएका थिए । रुम्जाटार मावि ओखलढुङ्गाका प्रधानाध्यापक गोकर्ण बानियाँले विद्यार्थीलाई ‘ओपन बुक एक्जामिनेसन’ अनुसार प्रश्न दिने तयारी रहेको सुनाए । ‘तिनै प्रश्नअनुसार दशैं पछि प्रत्येक विद्यार्थीलाई भाइबा लिनेछौं,’ उनले भने, ‘शिक्षकले झर्काेचाहिँ मान्नु हुँदैन । पहिला विद्यार्थी विद्यालय आउँथे । अबचाहिँ विद्यार्थीकहाँ पुग्नु पर्छ ।’ बानियाँले तीन घण्टाको साटो चार घण्टासम्म अनलाइन जाँच लिएको अनुभव पनि सुनाए ।

सत्यवती मावि धादिङका प्रधानाध्यापक लक्ष्मण शर्माले ४० प्रतिशत विद्यार्थीको व्यवहार, सञ्चार तथा क्रियाकलाप र ६० प्रतिशत पेन्सिल पेपरका आधारमा आफ्नो स्कूलबाट मूल्याङ्कन गरिने बताए । उनले विद्यार्थीको क्रियाकलापहरुको भिन्नाभिन्नै पूर्णाङ्क राखिएको निर्धारण सूचीसमेत प्रस्तुत गरे ।

यद्यपि, सो सूचीमा केही कमजोरी रहेको औंल्याउँदै पाठ्यक्रम विकास केन्द्रका निर्देशक भट्टराईले भने सबै तहमा ४०–६० को मूल्याङ्कन पाठ्यक्रमविपरित हुने बताए । कक्षागत आधारमा निरन्तर मूल्याङ्कन पद्धति र पेपर पेन्सिल मूल्याङ्कन ५०–५० प्रतिशत हुनुपर्ने उनको सुझाब छ ।

लेकबेंसी नगरपालिकास्थित चन्द्रपुर मावि सुर्खेतकी प्रधानाध्यापक हरिमाया कोइरालाले दुई तरिकाले सिकाइ मूल्याङ्कन गर्ने तयारी रहेको जानकारी दिए । ‘एउटा होमवर्क विधि र अर्काेचाहिँ रोल नम्बरका आधारमा दूरी कायम गरी परीक्षा लिने,’ उनले भने, ‘होमवर्क विधिमा नमूना प्रश्नपत्रहरुको सेट दिने र दुई हप्ता पछि जम्मा गरेर मूल्याङ्कन गर्ने ।’

शिवपुरी मावि काठमाडौंका प्रधानाध्यापक दिवाकर दूरदर्शीले कक्षा १–३ लाई भाइवा लिने र ४–७ सम्मका विद्यार्थीलाई गुगल मिटबाट पढाउने व्यवस्था गरेको बताए । उनले गुगलमिटबाट गुगल फारम प्रयोग गरिएको र सबै शिक्षकलाई यस माध्यमबाट परीक्षा लिनेबारे तालिम दिइएको जानकारी दिए । ‘डमी एक्जाम लिँदा हामी सफल पनि भयौं तर गणितमा केही अफ्ठ्यारो हुँदो रहेछ,’ दूरदर्शीले भने ।
कार्यक्रममा सहभागी नानीराम सञ्जेलले काठमाडौं उपत्यकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लकडाउनसँगै ठूलै संख्यामा स्कूलको सम्पर्कमा नआएको अवस्थामा तिनलाई पत्ता लगाएर कसरी परीक्षा दिलाउने भनी प्रश्न राखे ।

कोरोना भाइरसको महामारीका कारण गत चैतबाट देशभर विद्यालय बन्द भएपछि २०७७ असार १ गतेबाट सरकारद्वारा लागू गरिएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाअनुसार विद्यार्थीले रेडियो, टेलिभिजन, अनलाइन तथा स्वाध्याय सामग्रीमार्फत् सिक्दै आएका छन् । सोही निर्देशिकालाई संशोधन गरी गत भदौ १९ मा जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ यही असोज १ गतेबाट लागू गरिएको अवस्था छ ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
‘जातको प्रश्न’ कार्यक्रम बारेमा अफवाह फैलाइयो : समता फाउण्डेशन

'जातको प्रश्न' कार्यक्रम बारेमा अफवाह फैलाइयो : समता फाउण्डेशन

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist