औरही गाउँपालिका-५ बस्ने २२ वर्षीय रविन दासलाई १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय बिनोद कुमार यादवलाई पुरानो रिसिबीको कारण रविनले कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Discussion about this post