तत्कालिन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार स्वर्गीय खडक बहादुर थनेतको डण्डास्थित घरको आगन, बगैचामा वृक्षारोपण गरिएकोछ । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कोषाध्यक्ष ओम महतोको संयोजनमा वृक्षारोपण गरिएको हो । म्यांगो स्ट्रीक, बेल, तेजपता, लगायत फलफूलका बिरुवा लगाइएको छ ।
कार्यक्रममा उहाँको जीवन संगिनी अमृता थनेत, परिवारको अन्य सदस्यहरु, समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कोषाध्यक्ष ओम महतो, आदिवासी जनजाति जिल्ला समन्वय नवलपरासी पुर्बी समितिका अध्यक्ष राम तामांग, जनता समाजवादी पार्टीका नेताहरु पिताम्बर महतो, बुद्धि ढेंगा, मुक्ति थनेत, भोज बहादुर चौधरी, ज्ञान थनेत लगायत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका तस्बिरहरु
Discussion about this post