• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेकपा कुनैपनि हालतमा फुट्दैन : रायमाझी

EASYKHABAR EASYKHABAR
November 24, 2020
मुख्य समाचार, समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । उनले भने,‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने सुनाए । उनले भने,‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेगरि प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ । म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् । किनभने यसका पछि कारण छन् । यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन, अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ । यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ ।’

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने सुनाए । उनले थपे,‘यसको असर त प्रतिपक्षलाई पनि पर्छ । नेकपा नफुट्न जनदबाब छ । देशभरिका कार्यकर्ता पँक्तिले पार्टी फुटे नेताहरुलाई समर्थन हुँदैन भनेका छन् । जनताका आकांक्षा धरायशी हुन्छन, ध्वस्त हुन्छन् भनेका छन् । नेपाली कांग्रेसका साथीहरुले पनि हामीलाई मेहनत गर्न सुझाव दिनुभएको छ । नेकपा फुटे व्यवस्था नै धरायशी हुन्छ भनेर चिन्ता गरिरहेका छन् । पार्टी फुट्न लाग्यो भनेर प्रतिपक्ष त खुशी हुनुपर्ने हो नि, तर उपनि दुःखी छ । उद्योगी तथा व्यवसायी पनि चिन्तामा छन् । अस्थिरताको पक्षमा कोही पनि छैनन् ।’
रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास दिलाए । ‘हामी एकै ठाउँमा उभिएर निश्कर्ष निकाल्छौं । पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं । हामी निश्कर्षमा पुर्याउँछौं । यो पार्टी फुट्छ भन्ने हल्ला छ, तर मलाई फुट्छ भन्नेमा विश्वास छैन् । यो वा त्यो रुपमा फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न ।’–रायमाझीले भने ।

उनले अघि थपे,‘अब पूर्व एमाले वा पूर्व माओवादीतिर फर्कने होईन । हामी एकताको अभियान लिएर हिँड्नुपर्छ । म नेकपाको झण्डा लिएर अघि बढ्न आम नेता तथा कार्यकर्तालाई आह्वान गर्न चाहन्छु । अस्वस्थ, अभद्र, अशिष्ट व्यवहार गर्ने होईन, बरु नेताहरुलाई एकताको लागि खबरदारी गर्नुपर्छ । अधिकारको दृष्टिकोणले नेता तथा कार्यकर्ता सबै बराबर हो ।’

उनले पार्टीभित्र हुने छलफल तथा बहसलाई स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिए । उनले भने–‘नेताहरुले पनि पार्टीभित्र देखिएका असहमति, समस्या, सम्भावना र चूनौतिलाई समाधान गर्ने हैसियत राख्नुपर्छ । नेताहरुले पार्टीभित्र उत्पन्न समस्याको समाधान गर्न नसके उहाँहरुको हैसियतमाथि नै प्रश्न उठ्छ । पार्टीलाई धराशयी पारेर नेता हुने हैसियत हुँदैन् । नेताहरुले जनआन्दोलन, जनयुद्ध, संविधान निर्माण, चुनाव, पार्टी एकता र सरकार निर्माणको लागि विशिष्ट योगदान गर्नुभएको छ, अब पनि त्यो हैसियत राख्नुपर्छ ।’

उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने धारणा राखे । उनले भने,‘आरोप कति सत्य छन् ? कति छैनन ? भनेर त्यो छलफलमा केलाउनुपर्छ । ओलीजीले पनि प्रतिवेदन ल्याउनुहुन्छ । के हुन्छ ? भन्नेबारे अहिले नै भविष्यवाणी नगरौं । प्रतिवेदनलाई सकारात्मक रुपमा अध्ययन गर्छौं । र, निकास निकाल्छौं ।’ रायमाझीले क्लबका सभापति धमलाले कोरोना संक्रमण हुँदापनि आफ्ना नियमित कार्यक्रमहरुलाई सचारु गरेको र अहिले कोरोना संक्रमणमुक्त भएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा पत्रकार धमलाले आफूले कोरोना संक्रमणको जोखिम मोलेर काम गरेको र जनस्वास्थ्यका मापदण्ड अपनाउँदा अपनाउँदै र विशेष सावधानी गर्दापनि संक्रमित भएको सुनाए । र, संक्रमित हुँदापनि आफूले एक दिनपनि रेडियो र टेलिभिजनका कार्यक्रमहरु नरोकेको उनले सुनाए । धमलाले संक्रमण भयो भन्दैमा कोही पनि आँत्तिन नहुने पनि विश्वास दिलाए ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
अर्कोमा जानुहोस्
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

एकैदिन एक हजार ७९० जना कोरोना सङ्क्रमित थपिए

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist