सर्लाहीका उखु किसानले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनीमिल उद्योगले बक्यौता रकम उपलब्ध नगराएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।
गत वर्ष पुस महिनामा पनि किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेको र विगतमा भएको सम्झौता पूरा नभएको भन्दै किसानले काठमाडौ केन्द्रित आन्दोनल थालेका हुन् ।
उखु किसानको आन्दोलनलाई जनता समाजवादी पार्टीले एक्यबद्धता जनाएकोछ । सो पार्टीले एक विज्ञप्ति जारी गर्दै किसानको आन्दोलनमा एक्यबद्धता जनाएको हो ।
Discussion about this post