नेपाली कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरिएको दुर्व्यवहार सर्वसत्तावादको संकेत भएको बताएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।
उक्त घटनालाई आपत्तिजनक रहेको भन्दै कडा शब्दमा भत्सर्ना गरिएको छ । घटनाको निन्दा गर्दै यसको बिरुद्धमा सडक संघर्ष गर्ने यसको जिम्मेवार सरकार स्वयम हुने भनेको छ ।
नेता पौडेल तनहुँ जिल्लाको ब्यास नगरपालिका १ र ११ जोड्ने बुन्दी खोलामा बनेको पुल उद्घाटन गर्न पुगेको बेलामा प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो ।
Discussion about this post