माघ १ गते संसारभर रहेका थारु जातिले नयाँ वर्ष र खिचरी उत्सव मनाउने गरेका छन् । २६४४ औं बर्षको उपलक्ष्यमा देशैभर खिचरी उत्सव मनाउने गरेका छन् । यसदिन थारु समुदायका मानिसले घरमा आफन्त, नातागोता, इष्टमित्रलाई बोलाएर मिठो परिकार चिचर, घ्यु, माछा, मासु, तिलको लड्डु, भुजाको डल्लो लगायतको परिकार खाएर खिचरी मनाउने गर्दछन् ।
आजको दिन नयाँ आर्थिक बर्ष सुरु हुने हुँदा गाउँ, टोलमा पुरानो नेतृत्वलाई बिदाई गर्दै नयाँ नेतृत्व चयन गरेर जिम्मेवारी दिने चलन अझै कायम रहेको छ ।
Discussion about this post