गैंडाको आक्रमणबाट नवलपरासी पूर्वको देवचुली नगरपालिकामा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार देवचुली १५ प्रगतिनगरको सालघारीका ५० वर्षीय पदमबहादुर रानाभाट घाइते हुनुभएको हो ।
आइतबार बिहानको समयमा प्रगतिनगरतर्फ आउँदै गर्दा उहाँलाई बाटोमा गैंडाले आक्रमण गरी घाइते बनाइएको हो । गैंडाको आक्रमणबाट घाईते हुनुभएका रानाभाटको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रानाभाटको टाउको, छाती, हात, खुट्टा लगायतका अंगमा बाहिरी चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post