अमृत पुरी नेतृत्वको नेकपा एकीकृत माक्सवादी र जनता समाजवादी पार्टी नेपाल बीच काठमाडौंमा एक कार्यक्रम गरी एकता गरेका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र नेकपा एकीकृत माक्सवादीका संयोजक अमृत पुरीले संयुक्त प्रेस विज्ञप्ती जारी गरी एकता गरिएको बताएका छन् ।
कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो, हेमराज राई लगायतका नेताहरु समेत उपस्थित थिए ।
विज्ञप्तीमा जसपाले लिएको पहिचानसहितको संघीयता, बहुलराष्ट्रिय राज्य, समानुपाति समावेशी, समतामुलक समृद्धि र समाजवादी लोकतान्त्रिक गणतन्त्रप्रति सहमत हुँदै दुई दलबीच एकता गरिएको उल्लेख छ ।
Discussion about this post