• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

EASYKHABAR EASYKHABAR
February 18, 2021
खेलकुद
A A
0
8
शेयर
8
हेरिएको
Share on FacebookShare on Twitter

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एउटा विधा बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ । पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्नेहरुमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी छन ।

दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोलि क्लिनिकका सञ्चालक भरत कुँवरले मनोनयन सार्वजनिक गरे । सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो विधालाई प्रायोजन गरे साथ दिएका छन् । त्यही भएर यो बिधाको नाम बिवाईसी पिपुल च्वाईस अवार्ड रहेको छ ।

विजेताको घोषणा सर्वसाधारणले एसएमएस र फेसबुक मार्फत तथा खेलकुद पत्रकार र र प्रशिक्षकको मतको आधारमा हुनेछ । फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम स्पोर्टस अवार्डको फेशबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ । तीनै जना खेलाडीहरुको तीन वटा फोटो एकै पटक हालिएको प्रोफाईल र अलग अलग हालिएको प्रोफाईलमा गएर लाईक गर्न सकिने पाठकले बताए । दुबै फोटोहरुमा गरिएको लाईक गणना हुनेछ ।

मोबाईल भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिईएको छ । मोबाईलको म्यासेज बक्समा गएर एसएसए लेखेर एक स्पेसपछि मन परेको खेलाडीको कोड १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस गर्न सकिनेछ । भोटिङ लाईन आजैबाट सुरु भई चैत ४ गते राति १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत रहनेछ । फेसबुक पेजको २५ प्रतिशत र पत्रकार, प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

शेयर 3Tweet2पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो

चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो

February 15, 2021
निसर्ग स्टार सिटी सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन, प्रेसिडेन्ट कपका लागि छनोट

निसर्ग स्टार सिटी सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन, प्रेसिडेन्ट कपका लागि छनोट

February 14, 2021
तीन पार्टीको नेताको तीन तर्क, चुनाव समयमै नहुने आशंका

सुदूरपश्चिम स्पोर्टस अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल

February 3, 2021
सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

February 1, 2021
चण्डिका ग्रुप एलपिएल–५ को म्यान अफ द म्याच गुरु जी सटिङ्ग एण्ड सुटिङ्गद्धारा प्रायोजन

चण्डिका ग्रुप एलपिएल–५ को म्यान अफ द म्याच गुरु जी सटिङ्ग एण्ड सुटिङ्गद्धारा प्रायोजन

February 1, 2021
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

January 30, 2021
बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

January 19, 2021
विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

December 14, 2020
अर्कोमा जानुहोस्
भागरथी भट्टको हत्यारा १२ दिनपछि पक्राउ

भागरथी भट्टको हत्यारा १२ दिनपछि पक्राउ

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist