• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

भारतको आगामी बजेट ६ सय ३१ खर्ब

EASYKHABAR EASYKHABAR
February 2, 2022
A A
0
64
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले आगामी आर्थिक वर्ष ०२२÷२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ (३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

अर्थमन्त्री निर्मला सितारमणले मंगलबार संसद्मा प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा १७ खर्ब भारतीय रुपैयाँले बढी हो । भारत सरकारले चालू आर्थिक वर्षका लागि ३४८ खर्ब ३२ अर्ब  भारुको बजेट ल्याएको थियो, तर वास्तविक खर्च ३ सय ७७ खर्ब भारु हुने अनुमान भारत सरकारले गरेको छ । भारतमा १ अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ, त्यसको दुई महिनाअघि फेब्रुअरीको पहिलो दिन राष्ट्रिय बजेट ल्याउने गरिन्छ ।  भारत सरकारको कुल खर्चमध्ये १०६ खर्ब ७८ अर्ब भारु पुँजीगत बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको २७ प्रतिशत हो । चालू आर्थिक वर्षमा ८४ खर्ब ४ अर्ब भारु पूँजीगत बजेट खर्च हुने संशोधित अनुमान भारत सरकारको छ । यो चालू आवका लागि ७७ खर्ब ३३ अर्ब भारु पूँजीगत बजेट विनियोजन गएकोमा त्यसको १ सय ९ प्रतिशत खर्च हुन लागेको हो । नेपालमा गत आर्थिक वर्षमा विनियोजनको ६५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको थियो, जबकि भारतमा भने लक्ष्यभन्दा पनि बढी खर्च हुने देखिएको छ । भारतमा चालू आर्थिक वर्षमा कुल विनियोजित बजेटको तुलनामा खर्च १०८ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।   भारत सरकारले कुल बजेटमध्ये २२० खर्ब ४४ अर्ब भारु राजस्वबाट पूर्ति गर्ने भएको छ भने १ सय ६६ खर्ब भारु ऋण लिनुपर्ने भएको छ । भारत सरकारले आगामी वर्ष लिनुपर्ने कुल ऋण (वित्तीय घाटा) कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ४ प्रतिशत हो । चालू आर्थिक वर्षमा भारत सरकारको वित्तीय घाटा ६ दशमलव ९ प्रतिशत छ । वित्तीय घाटा ५ प्रतिशतभन्दा माथि रहनु अर्थतन्त्रका लागि स्वस्थ मानिँदैन । तर, गत आर्थिक वर्षमा पनि भारत सरकारको वित्तीय घाटा कुल गार्हस्थ्य उत्पादनको ९ दशमलव २ प्रतिशत थियो ।  आगामी आर्थिक वर्ष ११ प्रतिशत आर्थिक वृद्धिको अनुमान, भारतको अर्थतन्त्र २५८० खर्ब भारुको हुने  भारतको बजेटले आगामी आर्थिक वर्ष ११ दशमलव १ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष सन् २०२२ मा भारतको आर्थिक वृद्धि ९ दशमलव २ प्रतिशत हुने अर्थमन्त्री सितारमणले बताइन् । तर, विश्वबैंकले यो आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि ८ दशमलव ३ प्रतिशत हुने बताएको छ ।  ११ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिपछि आगामी आर्थिक वर्ष २०२२–२३ मा भारतको अर्थतन्त्रको आकार २५८० खर्ब भारुको हुने प्रक्षेपण पनि अर्थमन्त्री सितारमणले गरेकी छन् । चालू आवमा भारतको अर्थतन्त्र २३२१ खर्ब भारुको हुने त्यहाँको आर्थिक सर्वेक्षणले देखाएको छ ।  नेपाललाई दिने अनुदान घट्यो आगामी आर्थिक वर्षमा भारतले नेपाललाई दिने अनुदान रकमको विनियोजन घटाएको छ । चालू आर्थिक वर्षमा भारत सरकारले बजेटमार्फत नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) अनुदान दिने घोषणा गरेको थियो । तर, आगामी आर्थिक वर्षमा भने ७ अर्ब ५० करोड भारु (१२ अर्ब रुपैयाँ) मात्रै विनियोजन गरिएको छ । यद्यपि, यो विनियोजन चालू वर्षमा हुने यथार्थ खर्चको तुलनामा भने बढी हो । भारत सरकारले यो वर्ष विनियोजन गरेकोमध्ये ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) मात्रै खर्च हुने संशोधित अनुमान बजेटले गरेको छ । भारतले त्यसभन्दा अघिल्लो आर्थिक वर्ष (२०२०–२१) ८ अर्ब ८० करोड भारु उपलब्ध गराएको थियो । त्यसअघि २०१९–२० मा भने ११ अर्ब ९८ करोड रुपैयाँ अनुदानबापत उपलब्ध गराएको थियो ।  विगतमा जस्तै आगामी वर्ष पनि भारतले सबैभन्दा बढी अनुदान भुटानलाई दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष भारतले भुटानलाई २२ अर्ब ६६ करोड भारु अनुदानस्वरुप उपलब्ध गराउने छ । यस वर्ष भुटानलाई ३० अर्ब ५ करोड भारु बजेट विनियोजन भए पनि १७ अर्ब ५५ करोड मात्रै खर्च हुने संशोधित अनुदान गरिएको छ । भुटानपछि बढी अनुदान पाउने दोस्रो मुलुक भने मौरिसस भएको छ । यसले आगामी वर्ष ९ अर्ब भारु अनुदान पाउँदै छ । म्यानमारलाई पनि भारतले ६ अर्ब भारु अनुदान दिँदै छ ।

Share26Tweet16Send

Related Posts

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २६० बढीको मृत्यु, सयौं घाइते

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २६० बढीको मृत्यु, सयौं घाइते

June 3, 2023
84
एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

सरकारी कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

June 2, 2023
72
भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने

May 23, 2023
66
अब नेपाली कोरिया जान पाउने

कोरिया जान सात सय श्रमिकको आवेदन

May 16, 2023
76
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

न्युरो टिप्न जाँदा नारायणीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

May 15, 2023
72
पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

बाघले खायो ५६ लाख

May 13, 2023
101
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने

May 13, 2023
71
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In