दुबईमा थारुको नयाँ वर्षको अवशरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज दुबईमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपालबाट थारु कल्याणकारिणी सभाको महामन्त्री प्रेमिलाल चौधरी, गायिका समिक्षा चौधरीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक तथा कलाकार केशवराज महतो र गायिका समिक्षा चौधरीले भरपूर्ण मनोरन्जन दिनुभएको थियो । कार्यक्रममा दुबईमा रहनुभएका नेपालीहरुको उपस्थिति रहेको थियो ।
लालबहादुर चौधरीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post