थारु कल्याणकारिणी सभा कतार च्याप्टरले आयोजना गरेको माघी (खिचरी) पर्व कतारमा सम्पन्न भएको छ । “जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ “माघी (खिचरी) पर्व तथा थारु संवत २६४६” संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।
थारुहरुको हक अधिकार र पहिचानका निमित्त उठाएका मागहरुलाई राज्यबाट सम्बोधन गरिनुका साथै सम्मान गर्नु पर्ने र टिकापुर घटना राजनीतिक भएको भन्दै अबिलम्ब रिहा गर्नुपर्ने माग गरिएको छ । त्यसैगरि राजनैतिक चेतना विकास हुदै देशको मुल राजनितीमा आउदै गरेका थारुहरुलाई अगाढी बढ्न राज्यबाट सहयोग थारुहरुमा रहनुपर्छ भन्ने अभिव्यत्ति राख्नु भएको थियो ।
त्यसैगरि सामाज सेवी तथा बुद्धिजिबी कमलमणि गुरागाईले कतारको हकमा थारुहरु धेरै जसो शिक्षित वर्ग रहेको र प्राविधिक रुपमा प्राय: कतारमा थारुहरु ईन्जिनियहरु रहेका र यदि देशमा रोजगारिको अवस्था भएको भए विदेशिनुनपर्ने र देश निर्माणमा थारुहरुबाट ठूलो टेवा पुग्ने थियो । तथापी भोलिका दिनमा अझ कतारमा रहदा हाँसिल गरेको ज्ञान र सीपले नेपाल निर्माणमा थारुहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने र राज्यले थारुहरुको शैक्षिक योग्यता र सिपको मुल्याङ्कन गर्नु पर्ने कुरा राखेका राख्नु भएको थियो ।
त्यसै गरि गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद्कतारका प्रथम उपाध्यक्ष जैवी राईले थारुहरु आदिवासी जनजाति भित्रको अन्य जातिय संस्था जस्तै आफनो सांस्कृतिक, मौलिक, परम्परा तथा रितिरिवाज र भेषभुषा जगेर्ना गर्ने बिषयमा अग्रपङ्तिमा रहि आएका वास्तवमै थारुहरुको पहिचान पृथक रहेको बताउनु भएको थियो ।
त्यसै गरि महासंघ कतारको सल्लाकारहरुको तर्फबाट पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार शिव भुजेल ज्यूले शुभकामना मनतव्य राख्नु भएको थियो भने मातृसंस्थाहको तर्फबाट नेपाल मगर संघ शाखा कतार अध्यक्ष श्री विवेक पुलामी मगर ज्यूले आफ्नो शुभकामना मनतव्य राख्नु भएको थियो । कतारमा सघं सस्थाहरु मा आपसी भाई चार सदभाब प्रकट गर्दै आदिवासी जनजातीहरुको रितिरिवाज अनुसार नेपाल मगर संघ शाखा कतार तथा प्रवासी भुजेल समाज कतारद्धारा थारु कल्याणकारिणी सभा कतार च्याप्टरलाई शुभकामना सहित माघिको कोशेली हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा विविध थारु पहिचान झल्कने दर्जनौ कलाकारहरुले सास्कृतिक प्रस्तुति दिनु थियो भने शुरुवातमा स्वागत गित सिमा चौधरि र जितेन्द्र चौधरि सँगै माघी गित आइला माघी रे बोलको नृत्य गितबाट कलाकारहरुले प्रस्तुति दिदैअतिथीहरुलाई स्वागत गर्नु भएका थिए । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको” जितिया पर्ब २०२२” कार्यक्रम सफलपार्न आर्थिक सहयोग गर्नुहने सहयोगीहरु तथा कलाकारहरुलाई समेत कदर‐पत्र तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सदस्य आशना चौधरीले बिरला पब्लिक स्कूल कतारबाट CBSE, इंडियाको सिनियर स्कूलको सेर्टिफिकेट परिक्षामा 92.6% उत्कृस्ट श्रेणी हासिल गर्नु भएकोमा दोसल्ला ओडाई सम्मान गरियको थियो। थारु कल्याणकारिणी सभा कतार च्याप्टरले कार्यक्रमहरुमा थारु जातिको कला र सस्कृतिको प्रबर्धनमा गर्नु भएको योगदानको मुल्याकंन गर्दै श्रीमती अन्जली मगर ज्यूलाई मानार्थ सदस्य-पत्र प्रदान गरी दोसल्ला ओडाई सम्मान गरियको थियो साथै FIFA World Cup Qatar 2022™ मा बिभिन्न Fan / Festival Zone मा थारु समुदायको साथ साथै सम्पूर्ण नेपाली समुदायको विविध कला र संस्कृति बिश्व सामु चिनाउन खेलेको भूमिकाको योगदानको उच्च मुल्याकंन गर्दै श्री सामुयल सुनुवार ज्यूलाई दोसल्ला ओडाई सम्मान गरियको थियो ।
कलाकारहरु जितेन्द्र चौधरी, ओम नारायण चौधरी, पुल्कित चौधरी , हेम नारायण चौधरी, रबिना चौधरी धामी, श्रीमती ललिता चौधरी धामी, पर्वती चौधरी , अन्जली मगर , आशा चौधरी, श्रीमती सुनिता चौधरी, रुद्र नारायण चौधरी, रमानन्द चौधरी, दिनेश कुमार चौधरी (क), दिनेश कुमार चौधरी (ख), दिनेश कुमार चौधरी, नविन कुमार चौधरी, समिर फकिर, मोनिका चौधरी, सन्जय कुमार चौधरी, श्री किरण चौधरी , सिमा कुमारी चौधरी , कैलाश चौधरी , अरुण कुमार चौधरी , मनु चौधरी , नन्दकिशोर चौधरी, बर्षा राई , बबिता महतो, दीपेन्द्र कुमार चौधरी, कञ्चचन चौधरीले सांस्कृतिक कार्यक्रम थारु जाती को लाठी नाच / झर्ररा ( Tharu Stick Dance) बाट सुरु गरी सबै कलाकारहरुले आफ्नो मौलिक थारु भेष भुषामा उत्कृस्ट प्रस्तुतीहरु प्रस्तुत गर्नु भयकाे थियाे ।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक ई. सिताराम चौधरीले सस्थाको बारेमा तथा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएकोमा सम्पूर्ण लाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भयको थियो ।
कार्यक्रममा संस्थाका सभापति श्यामलाल चौधरिले कार्यक्रम सम्पन्न गर्न भूमिका निर्वाह गर्ने थारुदाजुभाई तथा दिदीबहिनीहरु, आर्थिक सहयोग गर्नुहुने सहयोगी स्पोन्सरहरु, कार्यक्रमको शोभा बढाउने कलाकारहरु तथा थारु कल्याणकारिणी सभा कतारको निमंत्रण स्वीकारदै कार्यक्रम हलसम्म आउनु भएका अतिथिगणहरु प्रती हार्दिक आभार प्रकट गर्नुका साथै आगामी दिनहरुमा पुनः दोहामा रहेका संघ संस्थाहरुसँग यसरी नै हातेमालो गर्दै जाने र थारुहरुको हक अधिकार तथा पहिचानका मुद्धाहरुमा अग्रपक्तिमा रहेर संस्थाले काम गर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो।
कार्यक्रम उद्घोषण संस्थाका उपसभापति हरि बहादुर महतोले गर्नु भएको थियो ।
Discussion about this post