• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    ऐतिहासिक तस्बिरहरु साक्षी छन्

    ऐतिहासिक तस्बिरहरु साक्षी छन्

    ग्रिस एक अध्ययन

    ग्रिस एक अध्ययन

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    ऐतिहासिक तस्बिरहरु साक्षी छन्

    ऐतिहासिक तस्बिरहरु साक्षी छन्

    ग्रिस एक अध्ययन

    ग्रिस एक अध्ययन

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

प्रेम दिवसको अवसरमा सौराहामा फुड फेस्टिबल

EASYKHABAR EASYKHABAR
February 13, 2023
A A
0
69
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभयो ।

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रालयको टुंगो लाग्ने

विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी

March 22, 2023
77
घोडे जात्रा

घोडे जात्रा

March 21, 2023
70

सो अवसरमा उहाँले पछिल्लो समय कोभिडका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । प्रदेश सरकारले यहाँको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि काम गरेको विगतलाई स्मरण गर्नुभयो । उहाँले सौराहाको दायरा फराकिलो बनाएर फरक ढङ्गले प्रचारात्मकरूपमा लाग्नुपर्ने बताउनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सौराहाको विकास यथास्थितिमा हुँदा स्थानीय सरकार र व्यवसायीको सहकार्यमा विकासको काम अघि बढाउन आवश्यक रहेको बताउनुभयो । रेवानका केन्द्रीय अध्यक्ष अरनीको राजभण्डारी, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई, रेवान महिला समूहकी अध्यक्ष रश्मी बिडारी र रत्ननगर नगरपालिका–६ का अध्यक्ष किरण महतोले फुड फेस्टिबलको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो । यसअघि सौराहामा विभिन्न जातजातिको वेशभूषासहितको शोभायात्रा गरिएको थियो ।

प्रेम दिवस मनाउन आउनेको स्वागतका लागि व्यवसायीले सौराहालाई सिँगारेका छन् । फेस्टिबलका संयोजक ध्रुव गिरीले फुड फेस्टिबल व्यवस्थित गरिएको भन्दै यहाँ आउने पर्यटकका लागि फरक फरक स्वादका खानाको व्यवस्था गरिएको बताउनुभयो । सौराहाका मुख्य बजार क्षेत्रलाई पनि सिँगारिएको छ ।

रेवानका अध्यक्ष नरेश गिरीले मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीले पर्यटन विकासका लागि फेस्टिबल आयोजना गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “फेस्टिबलमार्फत पर्यटक भित्र्याउने अर्को उद्देश्यले सुरु भएको फुड फेस्टिबल पछिल्लो समय प्रणय दिवस मनाउने जोडीका लागि अवसर बनेको छ ।” भ्यालेनटाइन डे मा परिवार तथा प्रेमिकासँग रमाउनेका लागि व्यवसायीले सौराहालाई उत्कृष्ट थलोका रूपमा चिनाएका छन् । सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको आयोजकले जनाएको छ ।

‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्ती चोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई बिक्रीका लागि राखेका छन् ।

संयोजक गिरीका अनुसार फेस्टिबलमा हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिको झाँकीको प्रस्तुति रहने छ । तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुनेछ ।

नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब रु ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको गिरीले जानकारी दिनुभयो । कोभिडपछि यहाँको व्यवसाय उठ्न सकेको छैन । स्वदेशी र विदेशी पर्यटकको जङ्गल सफारीका लागि सौराहा पहिलो गन्तव्य हो ।

Share28Tweet17Send

Related Posts

एमबीबीएस थारु कोटामा मन्दिरा महतो सहित २५ जना छनौट

एमबीबीएस थारु कोटामा मन्दिरा महतो सहित २५ जना छनौट

March 20, 2023
101
नागरिकता विधेयक प्रमाणीकरण गर्न नागरिताविहीन संघर्ष समितिको माग

नागरिकता विधेयक प्रमाणीकरण गर्न नागरिताविहीन संघर्ष समितिको माग

March 14, 2023
67
नेपाली महिला पाइलटले पहिलोपटक अन्तरराष्ट्रिय उडान गरे

नेपाली महिला पाइलटले पहिलोपटक अन्तरराष्ट्रिय उडान गरे

March 8, 2023
70
भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

ओली झुठ बोल्ने मान्छे हुन् : प्रवक्ता शर्मा

March 5, 2023
65
आयुर्वेद क्याम्पसका डाक्टरहरु आन्दोलनमा

आयुर्वेद क्याम्पसका डाक्टरहरु आन्दोलनमा

March 4, 2023
62
अखिल क्रान्तिकारी र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त चुनाव लड्ने

अखिल क्रान्तिकारी र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त चुनाव लड्ने

February 28, 2023
87
ह्रेन्जेन दोर्जे क्रसर उद्योग र खानीको दर्ताको क्षेत्र एकतिर तर उत्खनन अर्को तिर

क्रसर उद्योग सञ्चालनमा आए

February 27, 2023
62
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमा दुई रूपियाँ बढ्यो

निगमको चार ट्याङ्कर डिजेलमा मिसावट

February 26, 2023
70
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11749 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7200 shares
    Share 5140 Tweet 858
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503
  • डोजर कान्डमा भ्रष्टाचार मुद्वा लागेपछि सिम्ता गाउपालिका अध्यक्षको राजिनामा माग

    2161 shares
    Share 1304 Tweet 357

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version