“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ ।
नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको मेलाको उद्घाटन बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् । मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताईन् ।
“नेपाली कच्चापदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, मन्त्री चौधरीले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।”
समुद्घाटन समारोहमा अतिथिहरु नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष ,घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख ज्यू लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थीती रहेको रहेको थियो ।
प्रर्दशनीको लक्ष्य
१) नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।
२) मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
३) आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ ।
४) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
५) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
६) अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ ।
७) आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकार िगराउने ।
Discussion about this post