लोकेन्द्र अधिकारी। सर्लाहीको कौडेना गाउँपालिका–५ छपकहिँयामा मंगलबार हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।
पंच कुण्डिय विष्णु महायज्ञ एवं श्रीराम कथा स्थलमा दिउँसो हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको हो । कौडेना घरभई काठमाडौंमा व्यापार गरेर बस्ने रामकेवल बनियाँले निजी खर्चमा हेलिकप्टर ल्याएर पुष्पवृष्टि गराएका हुन् ।
महायज्ञको आज प्रदेशसभा सदस्य कौशलकिशोर राय र जंगिलाल राय, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवीलगायत भएर उद्घाटन गरे । उद्घाटन पश्चात प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थ्तिि रहेको थियो ।
महायज्ञ उद्घाटनकै अवसरमा भव्य कलश यात्रा समेत निकालिएको स्थानीय युवा धिरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार महायज्ञ ७ दिनसम्म चल्नेछ ।
महायज्ञमा विदुषी मैत्रेयी भारती र स्वामी श्री शिवानन्द जीले कथावाचन गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post