दुई सय बर्ष पहिले ब्रिटिश सेनालाई पराजित गरेको सम्झनामा रौतहट जिल्लाको गढ़िमाईमा ५ दिने ऐतिहासिक फाल्गुन बैरिया मेला आयोजना गरिएको छ । आज कार्यक्रमको उद्घाटन गरिएको आयोजकले जानकारी दिएको हो ।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ को सांसद देव प्रसाद तिमिल्सिनाले दुई सय बर्षअघि नेपालीले ब्रिटिश सेनालाई पराजित गर्दै नेपाललाई मधेशी/थारुले देशको रक्षा गरेको बताउनुभयो । बिगतमा यहाका थारु/मधेशीले सीमाको रक्षा नगरेको भए अहिले हामी स्वाभिमानी नेपाली भनेर गौरब गर्ने अवस्था हुदैन थियो भनेर बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि गढ़िमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादबले मधेशीले देश बचाउन मुख्य भूमिका निर्वाह गरेको बताउनुभयो । आज हामी नेपालीले शिर उठायर विश्वभर गौरबगर्ने अवस्था रहेको बताउनुभयो ।
मेला आयोजक समितिले मेला ५ दिन चल्ने जानकारी दिएको छ । मेलामा नेपाल सहित छिमेकी देश भारतबाट समेत अबलोकन गर्न आउने गरेका छन् ।
Discussion about this post