त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिविको पुर्व घोषित निर्वाचन तालिका अनुसार आज देशैभर निर्वाचन सम्पन्न भएको छ ।
देशैभर स्ववियु निर्वाचन सम्पन्न भइरहंदा काठमाडौँ उपत्यकाका सात क्याम्पसमा भने चुनाव हुन सकेन। त्रिवि अन्तर्गत उपत्यकामा रहेका सात वटा क्यामपसमा चुनाव हुन नसकेको हो। आयुर्वेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा चुनाव हुन नसकेको हो।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले चुनाव हुन नसकेका बाँकी क्याम्पसमा यथाशीघ्र प्रक्रिया अघि बढाइने जनाएको छ।
Discussion about this post