• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

घोडे जात्रा

EASYKHABAR EASYKHABAR
March 21, 2023
A A
0
69
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चऱ्हे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

किंवदन्ती

यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।

पाटनको घोडेजात्रा

पाटनको एकल घोडेजात्रा लोकपि्रय जात्रा हो । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।

यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्ट जलाईन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।

यसै दिन पाँच पाण्डवलाई पूजा गरी समय्बजि खुवाइन्छ । भोलिपल्ट दिउँसो दुई बजे यही भीमसेनस्थानमा नेपाली सेनाले एउटा घोडा ल्याइपुर्‍याउँने गरेको छ । त्यसपछि भीमसेन गुठीका सम्पूर्ण गुठियारले त्यस स्थानदेखि स्वागत गरी घोडालाई ललितपुरका ओल्खु चिबहाःको ताहाफल्चामा ल्याइन्छ । यस गुठीका थकालीले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ । त्यस स्थानदेखि यो एकल घोडेजात्रा सुरु हुन्छ । गुठी संस्थानले नै बन्दोबस्त गरिने लाय्कु बाजाबाट शुभारम्भ हुने यो जात्रा विधिवत् रूपमा पाटनको मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ । जात्राको पछि-पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छत्र ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ । परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखी पान, सुपारी दिएर बिदावारी गरी जात्रा समापन गरिन्छ । त्यसपछि सम्पूर्ण गुठियार त्यहाँदेखि पाहाँचर्‍हेमा गाइने धातु लयमा गीत गाएर भीमसेन मन्दिरमा फर्किने चलन छ ।

त्यसको भोलिपल्ट सीकाःभ्वय् गर्ने भनी ५१ गुठियार बसी भोज खाइन्छ । भीमसेन देवताको पछाडिपट्टकिो गुठीको घरमा गरिने तीन दिनसम्म गर्ने यो भोज सम्पूर्ण गुहृय पूजा भोज हो । त्यस भोजमा गुठियारबाहेक घरको परिवारलाई समेत राखिँदैन । पाहाँचर्‍हेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ । बलिको टाउकोको भाग सीकाःभ्वय् खाने भनी जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सी लिएर भोज खाइन्छ । एउटा अचम्मको कुरा के भने तीन-चार दिनसम्म खाने भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ । यो जात्रा कसरी मनाइयो भन्नेबारे एउटा किंवदन्ती छ । सिमसिम राजाको एउटा घोडाको सुसारे यही ओल्खुटोलमा बस्ने ज्यापु थियो । एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम लिइरहेको रहेछ । तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए । यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो । डरले ज्यापु घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए । त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहिर्‍याई नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औंशीको दिन यो जात्रा मनाउने चलन रहेको हो । नेवारहरूको संस्कृतिबारे ऐतिहासिक अध्ययन गर्दै आएका संस्कृतिविद का अनुसार ‘सिमसिम राजा भनेको शिवसिंह देव हो । पाटनको तिभय राजाको नामबाट प्रख्यात नरसिंह, पुरन्दसिंह र उद्धव सिंहलाई विजय गरी ने.सं. ७४२ मा यी राजाले ‘माणिग्लाधिपति’ उपाधि प्रदान गरेका हुन् ।’ त्यतिबेला उनले ठूलो अचम्मको काम गरेकाले होला नेवार समाजमा आजसम्म पनि कुनै असम्भव काम कसले गर्ने भन्दा सिमसिम महाराजको पालाको कुरा नगर भन्ने चलन छ ।

Share28Tweet17Send

Related Posts

आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

May 1, 2023
67
ईद उल फितर

ईद उल फितर

April 22, 2023
65
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

March 8, 2023
71
२००७ सालको क्रान्ति

२००७ सालको क्रान्ति

February 19, 2023
69
भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

January 23, 2023
137
जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

September 24, 2022
111
भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

द्रौपदी मुर्मु को हुन्

July 21, 2022
73
बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

December 26, 2022
68
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In