पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्।
उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन।
ती अभियोगहरू एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ।
सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्याण्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि ड्यान्यल्सलाई पैसा दिइएको आरोप लगाइएको छ।
ड्यान्यल्सले पूर्वराष्ट्रपतिसँग आफ्नो “व्यभिचारपूर्ण सम्बन्ध” रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन्।
Discussion about this post