खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उनी पञ्जाबको रोद गाउँबाट आज बिहान पक्राउ परेका हुन।
हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई राष्ट्रिय सुरक्षा ऐन अनुसार पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्याएको र अशान्ति मच्चाएको आरोप छ। उनै सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग खोजवीनको लागि आग्रह गरेपछि नेपाली सुरक्षाकर्मीहरुले उनको खोजीमा चासो दिएका थिए ।
Discussion about this post