• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

आरोप पुष्टि गर्न राष्ट्रियसभा सदस्य विष्टलाई भिसी सिंहको चुनौती

EASYKHABAR EASYKHABAR
April 30, 2023
A A
0
65
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

मध्यपश्चिम विश्वविद्यालयले राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भ्रामक र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै खण्डण गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयका उपकूलपति प्रा.डा नन्दबहादुर सिंहले सांसद विष्टको अभिव्यक्तिमा कुनै सत्यता नभएको दाबी गरेका हुन् । साथै, उक्त आरोपहरु प्रमाणित गर्नसमेत उनले विष्टलाई चुनौति दिए ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले गत वैशाख १५ गतेको राष्ट्रिय सभा बैठकमा भिसीले विश्वविद्यालयलाई प्राइभेट कम्पनी बनाएको, अर्थ मन्त्रालयको निर्देशनविपरित विज्ञापन गरेको, स्विकृत दरबन्दी भन्दाबढी कर्मचारी नियुक्ति गरेको, सेलेबस नै नभएको विषय अध्यापन गराएको, कार्यालय सहयोगीमा नियुक्त गरेको मान्छेलाई सुब्बा हुँदै अधिकृत बनाएको, भिसीले काठमाडौंमा बसेर करोडौंको डिल गरिरहेको लगायतका आरोप लगाएका थिए । सो क्रममा उनले छानविनका लागि सरकारको ध्यानाकार्षण गराएका थिए ।
भिसी सिंहले राष्ट्रिय सभा सदस्य विष्टको अभिव्यक्ति खण्डण गर्दै आफूहरुले सन् २०१५ देखि नै आईटी पढाउन थालेको स्पष्ट पारे । अध्ययनको शिलशिलामा वर्षेनी अरबौं रुपैयाँ विदेश गइरहेको बेला आफूहरुले आईटी, मेडिकल साइन्स, फरेस्टीलगायतका विषयमा अध्यापन सुरु गरेको उनले बताए ।

‘संसारका नयाँ विषयहरु आईटीको क्षेत्रमा, मेडिकल साइन्सको क्षेत्रमा, ईन्जिनियरिङ, एग्रिकल्चर र फरेस्टीको क्षेत्रमा नयाँ–नयाँ विषय लिएर हामीले हावार्ड, अक्सफोर्ड विश्वविद्यालयका आईटीका विषयहरु नेपालमा पढाउने गरेर सुरुवात गर्यौं । मध्यपश्चिम विश्वविद्यालयले सन् २०१५ देखि आईटी पढाउन सुरू गरेको छ,’– उनले भने ।

राष्ट्रिय सभा सदस्य विष्टको विश्वविद्यालय निजी कम्पनी बनाएको र करोडौंको डिल गरेको आरोपमा उनले खण्डन गर्दै आफूले नै विश्वविद्यालयको भ्रष्टाचार नियन्त्रणका लागि कार्यविधि बनाएको र आफूले नेतृत्व लिँदै गर्दा साढे चालिस करोड बेरुजु रहेको विश्वविद्यालयमा अहिले आफूले घटाएर तीन करोड ५२ लाख रुपैयाँमा झारेको बताए । नेपालका विश्वविद्यालयहरुमा सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय भएको उनको दाबी छ ।

‘म जाँदा मध्यपश्चिम विश्वविद्यालयमा साढे चालिस करोड बेरुजु थियो । आज त्यो बेरुजु तीन करोड ५२ लाख रुपैयाँमा आएको छ । नेपालका विश्वविद्यालय मध्ये सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय यो हो । त्यसका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मलाई धन्यावाद दिनु भएको छ,’– उनले भने ।

मध्यपश्चिम विश्वविद्यालयलाई ध्वस्त बनाउन कांग्रेस, एमाले र माओवादीका केही नेताहरु विगत १२ वर्षदेखि निरन्तर लागिरहेको उनको भिसी सिंहको आरोप छ । आफू उनीहरुको षड्यन्त्रविरुद्ध निरन्तर संघर्षरत रहेको उनले बताए । एमाले, माओवादी र कांग्रेसका केही मान्छेहरु दिउँसो तीनवटा झण्डामा देखिएपनि बुलुकी आठ बजेपछि एउटै झण्डामा एकीकृत हुने उनको आरोप छ ।

‘कांग्रेस, एमाले र माओवादीका केही तत्वहरु दिउँसो तीनवटा झण्डा देखाउने, बेलुका आठ बजेपपछि एउटै झण्डमा बस्ने अनि विश्वविद्यालय ध्वस्त गर्ने । १२ वर्षदेखि त्यो विश्वविद्यालय ध्वस्त बनाउने समूह छ । त्यो समूह अहिले पनि जीवित छ । म त्यसका विरुद्धमा लगातार लडिरहेको छु । म जाँदा मध्यपश्चिम विश्वविद्यालयमा साढे चालिस करोड बेरुजु थियो । आज त्यो बेरुजु तीन करोड ५२ लाख रुपैयाँमा आएको छ । नेपालका विश्वविद्यालय मध्ये सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय यो हो । त्यसका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मलाई धन्यावाद दिनु भएको छ,’– उनले भने ।

राष्ट्रिय सभा सदस्य विष्टले तत्कालीन समयमा महायज्ञबाट १० करोड उठेको दाबी गरेपनि विश्वविद्यालयले भने पाँच करोड रकम उठेको र बाँकी कबुलियत गरेको रकम उठ्ने प्रक्रियामा रहेको बताएको छ ।

‘२०५२ सालमा महायज्ञमार्फत रू. १० करोड चन्दा उठेको प्रसंगमा तत्कालिन महायज्ञ समितिद्वारा रू.५ करोड रकम उठाई विश्वविद्यालयको खातामा जम्मा गरेको र बाँकी कबुलियत गरिएका रकमहरु उठ्ने प्रक्रियामा रहेको,’– विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सभा सदस्य विष्टले विश्वविद्यालय निजी कम्पनी बनाएको आरोपको खण्डण गर्दै विश्वविद्यालयले विश्वविद्यालयको ऐन, नियम तथा कार्यविधी बमोजिम नियम अनुसार कार्यकारी परिषद्द्वारा सर्वसम्मत् निर्णयहरु गरी कार्यान्वयन गर्ने गरिएको बताएको छ ।

आफूखुसी १०० को हाराहारीमा विज्ञापन गरिएको भन्ने राष्ट्रिय सभा सदस्य विष्टको आरोपमा विश्वविद्यालयले डीनको कार्यालयको सिफारिसको आधारमा डीन कार्यालय मातहतका विभाग, स्कुल तथा आंगिक क्याम्पसहरुमा पठनपाठनको लागि र तत्कालीन आवश्यकता परिपुर्तिका लागि केही विषयहरुमा आंशिक र केही विषयहरुमा आन्तरिक स्रोत तर्फको करारमा शिक्षण तथा प्रशासन तर्फ गरी चालु आ.व. २०७९÷०८० मा ३५ जना भन्दा कम संस्थामा खुला विज्ञापन आह्वान गरिएको बताएको छ । उक्त विज्ञापन आन्तरिक स्रोत तर्फको विज्ञापन भएकोले अर्थ मन्त्रालयको स्वीकृति आवश्यक नपर्ने विश्वविद्यालयको दाबी छ । कार्यालय सहयोगीमा नियुक्त गरी सोही व्यक्तिलाई सुब्बामा नियुक्ती गरिएको र पुनः उक्त व्यक्तिलाई अधिकृतमा नियुक्ती गरिएको भन्ने आरोपमा उक्त आरोप पुष्टी गर्नसमेत चुनौति दिइएको छ ।

केही संकायका डीनहरु नियुक्त नगरिएको विषयको सन्दर्भमा आ.व. २०७८÷०७९ मा गरिएको डीनहरुको विज्ञापन सम्माननीय प्रधानमन्त्री एवं मन्त्री परिषद्को कार्यालयको पत्रानुसार विज्ञापन स्थगन गरिएको र छानवीन समितिको प्रतिवेदनका आधारमा सम्माननीय प्रधानमन्त्री एवं मन्त्री परिषद्को कार्यालयको पत्रानुसार पुर्बवत विज्ञापनका प्रक्रियाहरुमा निरन्तरता गरिएको ।

साथै, उपकूलपतिले काठमाडौं बसेर करोडौंको डिल गरेको आरोप पुष्टि गर्नसमेत राष्ट्रिय सभा सदस्य विष्टलाई चुनौति दिइएको छ । उनले लगाएका आधारहीन एवं कपोकल्पीत मनगढन्ते आरोपले उनको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ ।
‘रेष्टुरेन्टहरुमा बसेर करोडौँको डिल गरी घुस लिने योजना बनाएको भन्ने अभिव्यक्तिका सन्दर्भमा राष्ट्रिय सभाका माननीय सभासद नरबहादुर विष्टज्यूलाई उक्त विषयको प्रमाण सहित पुष्टी गर्न र कुन रेष्टुरेन्टमा, को संग, कुन समयमा, कोको बसेर कुन मितिमा, कति रकम, कुन माध्यमबाट लेनदेन गर्ने डिल गरिएको हो स–प्रमाण सहित पुष्टी गर्न र प्रमाणसहितको उजुरी गर्न अनुरोध छ,’– विज्ञप्तिमा भनिएको छ ।

आफू विश्वविद्यालय सुधारका लागि नै आएको उनको दाबी छ । भ्रष्टाचारको विरुद्धमा शुन्य सहनशीलता र पारदर्शीता आफ्नो मूल मन्त्र भएको उनले बताए ।

‘मेरो एकजना छोरी छन्, छोरा छैन । मध्यपश्चिम विश्वविद्यालयलाई छोरा बनाउछु भनेर आएको हुँ । मेरो आमा र बुबा हुनुहुन्न उहाँको नाममा भन्छु– एक रुपैयाँ भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार गर्छु गर्दिन त्यहाँका जनतालाई सोधे थाहा हुन्छ,’– भिसी सिंहले भने ।
मध्यपश्चिम विश्वविद्यालयको सबै ठिम खुल्ला प्रतिस्पर्धाबाट बनेकोसमेत उनको दाबी छ । खुल्ला प्रतिस्पर्धाको सुरुवात नै मध्यपश्चिम विश्वविद्यालयबाट सुरुभएको उनको भनाई छ ।

शिक्षा, खेलकुद, स्वास्थ्य, नेपालको शैक्षिक निकायलाई राजनीतिकरण र न्यायलयलाई राजनीतिकरणबाट मुक्त गर्न पनि उनले राजनीतिक दललाई आग्रह गरे ।

यस्तो थियो राष्ट्रिय सभा सदस्य विष्टले विश्वविद्यालयको विरुद्धमा दिएको अभिव्यक्ति

‘कर्णाली प्रदेशको एउटामात्रै विश्वविद्यालय छ, मध्यपश्चिम विश्वविद्यालय । २०५२ सालमा त्यहाँका जनता नेपालगञ्ज र सुर्खेतको कहाँ राख्ने भन्ने विवादमा लामो संघर्षपछि त्यहाँका जनताले महायज्ञ गरेर व्यक्तिगत ढंगले १० करोड जति हामीले चन्दा उठायौं र ६५ सालमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदाखेरी त्यो विश्वविद्यालय स्थापना भयो । आज त्यो विश्वविद्यालय नीजि कम्पानीजस्तो बनाइएको छ । नेपाल सरकारको अर्थमन्त्रालयले अहिले त्यहाँ कुनै पनि किसिमको पद सिर्जना नगर्ने, दर्बन्दी सिर्जना नगर्ने भन्ने निर्देशन दिँदै गर्दा पनि करिब एक सय हाराहारीको त्यहाँ विज्ञापन सुरु हुँदैछ । विज्ञापन गरिएको छ । त्यहाँ आठवटा विषयमा एफिलेसन दिइँदैछ । भिसी काठमाडौंमा बसेर प्राइभेट कजेजसँग डिल गरिराखेका छन् । करोडौंको डिल गरिराखेका छन् । जुन विषय त्यहाँ पढाइनै हुँदैन, त्यसको सेलेबस नै छैन, भिसीले काठमाडौं बसेर डिल गरिराख्नु भएको छ । विद्यार्थी रिलेअनशनमा छन् । प्राध्यापकले ताला लगाएका छन् । तर, विश्वविद्यालय उहाँको व्यक्तिगत नीजि कम्पनीजस्तो बनाएर आफन्तलाई, एउटा उदाहरुण पहिला उहाँले एउटा कार्यालय सहयोगी नियुक्ति गर्नुभयो । त्यसपछि त्यही कार्यलय सहयोगीलाई सुब्बामा नियुक्ति गर्नुभयो । त्यसपछि त्यही कार्यालय सहयोगीलाई अधिकृतमा नियुक्ति गर्नुभयो । जुन विश्वविद्यालयको ऐन भन्दा विपरित उहाँले नियमावली परिवर्तन गर्ने, कार्यविधि बनाउने कार्य कानुनअनुसार कुनैपनि हालतमा हुँदैन । २५ जना डाक्टर ल्याउने भन्ने नाममा कुनै विषय नखुलाइएर उहाँले विज्ञापन गर्नु भएको छ । अहिलेसम्म त्यहाँ डिन नियुक्ति गर्नु भएन । उहाँले भन्नुहुन्थो पहिला– यो विश्वविद्यालय नीजीकरण गर्ने होइन । आज उहाँ जाँदाजाँदै विश्वविद्यालय नीजीकरण गर्दै हुनुहुन्छ । व्यापारीकरण गर्दैहुनुहुन्छ । उहाँले बेच्दैहुनुहन्छ, कर्णालीवासी जनताको रगत र बलिदानबाट हामीले स्थापना गरेको विश्वविद्यालय कुनै लगानी नभएर आफू प्रोफेसर जापनमा पढेको भन्ने तर, विश्वविद्यालय डामाडोल अवस्थामा छ । वार्षिक नौ करोड घाटामा छ । आन्तरिक श्रोत सुनिश्चित छैन । अर्थमन्त्रालयले दर्बन्दी दिएको छैन । त्यहाँ करिब साढे चार सय स्विकृत दर्बन्दी छ । तर, करिब छ सयदेखि सात सय मान्छे छन् । तीन सयदेखि चार सय थप गरिएको छ । त्यो विश्वविद्यालयमा यथाशीघ्र छानविन गरियोस् ।’

 

Share26Tweet16Send

Related Posts

एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

सरकारी कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

June 2, 2023
72
भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने

May 23, 2023
66
कक्षाकोठामा विद्यार्थी संग मेयर

कक्षाकोठामा विद्यार्थी संग मेयर

May 12, 2023
70
कक्षा ११ को परिक्षा आन्तरिक मूल्यांकनबाट गरिने

आजदेखि १२ को परीक्षा, चार लाख ६७ हजार विद्यार्थी सहभागी हुने

May 9, 2023
71
दरबार हाइ स्कूलका विद्यार्थीले तरकारी खेती गर्दै

दरबार हाइ स्कूलका विद्यार्थीले तरकारी खेती गर्दै

May 1, 2023
83
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा अब नेपालमा

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा अब नेपालमा

April 24, 2023
66
नीजि विद्यालय स्थापना गरेको भन्दै नगरप्रमुखलाई ध्यानाकर्षण

नीजि विद्यालय स्थापना गरेको भन्दै नगरप्रमुखलाई ध्यानाकर्षण

April 9, 2023
62
एसईई परीक्षामा विशेष सावधानी अपनाइने

मोरङमा १ सय ९९ जना नक्कली विद्यार्थी पक्राउ

April 6, 2023
79
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In