अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) को नतिजा प्रकाशन गरेको छ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसार आज अमेरिकाले यो नतिजा सार्वजनिक गरेको छ ।
नेपाली समय अनुसार आज साँझ ९ः४५ बजे नतिजा सार्वजनिक भएको हो । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ । कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।
नतिजा प्रकाशित भइसकेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।
Discussion about this post