नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।
यसैगरी, बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ ।
मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।
उहाँले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताउनु भयो । उहाँले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनु भयो ।
Discussion about this post