• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

पूर्वराजा ज्ञानेन्द्र शाहको तेस्रोपटक राजगद्दीको माग गर्दै सडक आन्दोलनको घोषणा

EASYKHABAR EASYKHABAR
May 11, 2023
A A
0
76
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत तथा उनको तेस्रोपटक राजगद्दी आरोहणको माग गर्दै यही बैशाख ३० गते काठमाडौंको रत्नपार्कदेखि नारायणहिटीसम्म सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले उक्त आन्दोलनमा सरिक हुन आम जनतालाई अपिल गरेको छ ।

शाही युवा शक्ति केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको माग गर्दै आफूहरुले विगत १२ वर्ष भएको र अहिले आफूहरु सफलताको नजिक रहेको बताए । उनले भने,‘१२ वर्षअघि हामीले राजसंस्थाको कुरा गर्दा मिडियाले पनि वास्ता गर्दैनन् थिए, तर अहिले अवस्था फेरिएको छ । हाम्रो आवाज मूलधारका मिडियाले खोजेको हुँदा हामी सफलतानजिक पुग्यौंकी जस्तो लागेको छ। हिजो नेपालको राजसंस्थाले नेपाल बनाएको हो, राजसंस्थाले जनताको पक्षमा निर्णय गरेको कुरा घामजस्तै छर्लङ् छ ।’

उनले ००७ सालको प्रजातन्त्र ल्याउँदापनि राणासँग राजाहरुको सुमधुर सम्बन्ध रहेको स्मरण गराए । उनले भने,‘जनतासँग मिलेर राणा शासन फालेर प्रजातन्त्र ल्याउने प्रमुख दायित्व राजसंस्थाकै थियो । त्यसपछाडि दलहरुको विभिन्न खिचातानीहरुलाई अन्त्य गर्दै पञ्चायतकाल सुरु भयो। त्यो पञ्चायतकालको समयमा पञ्चायती प्रजातन्त्र थियो। जनताको छोराहरु विभिन्न गाउँको पञ्चायत, जिल्लाको पञ्चायत थिए । जनताकै प्रतिनिधिहरुलाई मानेर पञ्चायतकालमा पनि नेपालको राजसंस्थाले जनताको छोरो मन्त्री, जनताको छोरो प्रधानमन्त्री बनेका थिए ।’

नेपालको राजसंस्थाले जहिल्यैपनि नागरिकलाई शीरमा राखेर देश चलाएको उनको दाबी छ । उनले नेपालको राजसंस्थाले जनताको चाहनालाई सम्मान गर्दै ०४६ को आन्दोलनपछि दललाई पनि साथमै लिएर अघि बढेको सुनाए । ‘२०४७ सालको संविधानलाई स्विकार गर्दै नेपालको राजसंस्था जनतामुखी नै भयो,’उनले भने।

उनले थपे, ‘जनताको चाहना र भावनअनुरुप नेपालको राजसंस्था अनवरत रुपमा बगिरहेको छ । २०६३ को जनआन्दोलनमा श्री ५ ज्ञानेन्द्र सरकार राजा होइबक्सिन्थयो, त्यो बेलामा यदि राजसंस्थाले चाहेको थियो भने हजारौं नेपाली मर्थे। आन्दोलनमाथि दमन हुन्थ्यो। तरपनि जनताको चाहना यही छ, राजसंस्था जनताको तगारो हो भने म केही समय राजगद्दी नै छोड्छु भनेर जनताको चाहनाअनुसार श्री ५ ज्ञानेन्द्र सकारले राजगद्दी त्याग गरेर अहिलेपनि नागरिक भएर बसेको अवस्था छ।’

देशको माया राजसंस्थालाई जति अरु कसैलाई नभएको उल्लेख गर्दै उनले अब राजसंस्था पूनस्र्थापना गर्न विलम्ब गर्न नहुने बताए । नेपाली कांग्रेस राजसंस्था छोडेर माओवादीले लिएर आएको गणतन्त्रमा पोइल गएको उनको आरोप छ । माओवादीले ल्याएको गणतन्त्रमा माओवादीसँगै मिलेर देश लुटेर अहिले कांग्रेसलाई दशा लागेको उनको भनाई छ । उनले अहिले मुलुकमा विद्यमान सबै समस्याको जड नै गणतान्त्रिक व्यवस्था भएको भन्दै यसलाई फाल्नुको विकल्प नभएको बताए ।

उनले नेपाली जनता र नेपाली सेनालेपनि अब राजालाई साथ दिनुपर्ने आवश्यकत्ता औंल्याए । अहिलेको ब्यवस्था जंगली ब्यवस्था भएको बताउँदै उनले सबैलाई देश बचाउन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आग्रहलाई पालना गर्न सुझाव दिए । गुठी विधेयकमा जनता जागेजसरी अब राजा ल्याउन पनि एकपटक जाग्नुपर्ने बेला आएको उनको भनाई छ ।

यस्तै, केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले गणतन्त्र ठिक छैन भन्दै गणतन्त्र आएकै दिनदेखि आफूहरु सडक संघर्षमा लागिरहेको उल्लेख गर्दै अब आन्दोलन निश्कर्षमा पुग्न लागेको विश्वास दिलाए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले देशको नेतृत्व गरे सम्पूर्ण नेपालीहरु सुखी र खुशी हुने उनले दाबी गरे । उनले आफूहरुलाई सडक संघर्षमा साथ दिनसमते आग्रह गरे।

पत्रकार सम्मेलनमा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य अमिन पाठकले पनि अब राजसंस्था ल्याउन विलम्ब गर्न नहुनेमा जोड दिए । आफूहरुले गर्न लागेको बैशाख ३० गतेको आन्दोलनमा सरिक हुन सम्पूर्णलाई आग्रह गरेका थिए।

यस्तै, केन्द्रीय सदस्य कविन्द्र देउजाले नेपालको इतिहासमा आफुहरुले पहिलोपटक राजाको लागि आन्दोलन गर्न लागेको बताए । उनले भने,‘जबसम्म नेपाल राजसंस्थासहितको सनातन हिन्दू राज्य हुँदैन, तबसम्म हामी आन्दोलनलाई निरन्तरता दिन्छौं ।’ उनले राष्ट्रवादी, धार्मिक र राजा चाहिन्छ भन्ने शक्तिहरु एकताबद्ध भएर जानुपर्ने उल्लेख गरे। उनले अहिलेका संघीय र प्रदेश सरकारहरुलाई भ्रष्ट सरकारको संज्ञा दिए ।

राष्ट्रिय धावक तथा शाही युवा शक्तिका केन्द्रीय सदस्य रामचन्द्र कार्कीले आफूले राजाकै पालादेखि दौडिएको बताउँदै उनले शान्तिको लागि भन्दै पहिलोपटक लुम्बिनीमा दौडिएको स्मरण गराए । हरेक राजनीतिक दलहरुको अहिलेसम्मको क्रियाकलाप हेर्दा उनीहरु फोहोरी खेलमा रमाएको बताए ।

उनले शान्तिका लागि भन्दै आफूले नेपालका ७५ (अहिले ७७) वटै जिल्लामा दौडिएको, लुम्बिनीमा ६ पटक, दोलखा ३ पटक, जनकपुर ४ पटक र भारत २ पटक दौडिएको र दौडिनुको मुख्य उद्देश्य नै आफ्नो धर्म, संस्कृति र संस्कार बच्नुपर्ने र राजासहितकै देश हुनुपर्ने रहेको सुनाए ।

यस्तै, नेपालका लागि नेपाली पार्टीका महासचिव धर्मगुरु दीपक महराज आत्रेयले देशअति नै जर्जर अवस्थामा पुगेको बताउँदै अब देशलाई अप्ठ्यारोबाट जोगाउनको लागि युवाहरुको काँधमा जिम्मेवारी आएको बताए । अहिले बाँदरहरुको हातमा राज्यसत्ता गएको उनको आरोप थियो । उनले त्यसलाई सन्तुलन मिलाउन सिंह ओढारमा नभई आफ्नो जिम्मेवारीमा फर्कनुपर्ने र ल्याउनुपर्ने उल्लेख गरे। उनले सिंह भनेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भनेका हुन् ।

उनले आफ्नो पार्टीले राजसंस्था मान्ने सम्पूर्ण संस्थाहरु तथा व्यक्तिहरुले एक ठाउँमा गोलबद्ध गर्ने कार्य गरिरहेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा शाहलाई फुरफुर गर्नुपर्दैन भनेको प्रसंग सुनाउँदै भने–‘जब सिंह जङ्गलमा निस्किन थालिसकेको हुन्छ, त्यहाँका विभिन्न जनवारहरु चिच्याउन थाल्छन्। त्यो स्वभाभिकै हो।’

विश्व हिन्दू महासंघ धर्मसभा संयोजक धरमपाल महाराज गुरु वशिष्ठले विश्वले चिनेको शाहवंश राज्य ब्यवस्थामाथि कुठराघात गरेको र अन्य देशमा उत्पादन गरिएको एजेण्डा देशमा पसेपछि नेपाल आजको यो अवस्थामा रहेको टिप्पणी गरे ।

उनले पूर्वराज ज्ञानेन्द्र शाहले जनताले दिएको नासो जनतालाई नै दिएको र अब जनतालाई दिएको नासो जनताले पूर्वराजालाई नै फिर्तापनि गर्नुपर्ने तर्क गरे। ‘राष्ट्र, राष्ट्रियता र धर्म बचाउनका लागि सम्पूर्ण नेपालमा जसको नेपाल हो। जसको नेपालको नागरिकता छ। म स्वाभिमानी राष्ट्रवादी नेपाली नागरिक हुँ भन्ने व्यक्तित्वहरुले अब बुद्धि पुर्याउनुपर्ने अहिलेको परिवेशले देखाएको छ। विदेशीवाद यहाँ लागू हुन नदिऔं। सबैं नेपाली नेपालका लागि नेपाली बनौं,’–उनले भने।

शाहवंशीय राजसंस्थाको यो देशमा अधिकार रहेको र शाहवंशीय राजसंस्थासँग आफूहरुको पुरानो नाता रहेको पनि उनले स्मरण गराए । उनले भने, ‘पुष १ गते महेन्द्र सरकारको ब्यवस्था ल्याएपछि यो राष्ट्रमा ठूलो विकास भएको हो, हामीले महेन्द्रलाई विकासका राजनेता भनेर चिन्छौं। उहाँ महेन्द्र सरकारले नै ब्यवस्था गरेर विकास गरिएको हुँदा आज हामी नेपाली भन्न पाएका छौं। नेपाली बन्न पाएका छौं।’

Share30Tweet19Send

Related Posts

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61
पत्रकार मोहन बल्ल सम्मानित

पत्रकार मोहन बल्ल सम्मानित

June 3, 2023
62
अब नेपाली कोरिया जान पाउने

कोरिया जान सात सय श्रमिकको आवेदन

May 16, 2023
76
पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

May 16, 2023
68
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

न्युरो टिप्न जाँदा नारायणीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

May 15, 2023
72
पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

बाघले खायो ५६ लाख

May 13, 2023
101
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने

May 13, 2023
71
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In