चितवन राष्ट्रिय निकुञ्जमा दुइवटा गैडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक तमोर ताल र सौरहाको राप्ती नदी किनारको पटना क्षेत्रमा २६ र २७ गते उक्त गैडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
तमोर तालमा दुइ महिनाको पोथी गैडा र पटना क्षेत्रमा साढे २ बर्षको भाले गैडा मरेको अबस्थामा फेला परेको हो । उक्त गैडाहरु प्राकृतिक कारण मरेको निकुञ्जले जनाएको छ ।
चार महिनाको बच्चा गैडाको खाग खुर नपलाएको अबस्थामा रहेको र अर्को साढे दुइ बर्षको भाले गैडाको खाग खुर सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा २०७९/८० मा यो समेत १८ गैडाको मृत्यु भएको छ ।
Discussion about this post