• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 24, 2023
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • समाचार
  • जीवनशैली
  • इतिहास

    Hello world!

    Shadow Tactics: Blades of the Shogun Review

    The Last Guardian Playstation 4 Game review

    Mark Zuckerberg promises to travel the entire United States in 2017

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो

  • साहित्य

किर्ते हस्ताक्षर गरेर अध्यक्षले लिए २० लाख

उपभोक्ता समितिका नाउँमा राज्यको बजेट कसरी दोहन हुन्छ भन्ने उदाहरण बेलकोटगढी नगरपालिकामा देखिएको छ

EasyKhabar EasyKhabar
August 31, 2023
A A
0
Share on FacebookShare on TwitterEmailWhatsapp

उपभोक्ता समितिका नाउँमा राज्यको बजेट कसरी दोहन हुन्छ भन्ने उदाहरण बेलकोटगढी नगरपालिकामा देखिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १३ को एक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिका अन्य सदस्यहरूको फर्जी हस्ताक्षर गरी २० लाख रुपैयाँको बजेटमा हालीमुहाली गरेको नयाँ तथ्य बाहिर आएको हो ।

प्राप्त सूचना अनुसार डाँडाकटेरी कटरमहल तल्लो पाखुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नाउँमा समितिका अध्यक्ष र कोक्षाध्यक्षले समितिका सदस्यको किर्ते हस्ताक्षरमा २० लाख रुपैंयाको योजनाको एकलौटी फर्छ्यौट गरेका हुन् ।

बाग्मती प्रदेश अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङबाट विनियोजित २० लाख रुपैंयाको आयोजनाको रकम फर्छ्यौट गर्न उपभोक्ता समितिका अध्यक्ष दिपेश प्रसाद पाण्डे र कोषाध्यक्ष सृजना पाण्डेले किर्ते हस्ताक्षरको माइन्युट गरेको पाइएको हो ।

रोचक कुरा त २० लाख रुपैयाँको आयोजना सम्पन्न गर्न बैक खाता खोल्नेदेखि काम सम्पन्न भइसकेको र अन्तिम किस्ता रकम मागसमेतको माइन्युट एकै दिन एउटै माइन्युटमा गरिएको छ । फागुन १८ गते बसेको भनेर बनाइएको किर्ते माइन्युटमा ९ जना कार्यसमिति बसेको हस्ताक्षर छ । अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य कसैलाई पनि नबोलाई उठाइको उक्त माइन्युटमा समितिका अन्य सबै सदस्यको हस्ताक्षर किर्ते गरिएको पाइएको हो ।

आफै माइन्युट लेख्ने, आफैलाई खाताको अख्तियार प्रत्यायोजन गर्ने निर्णय गरिएको उक्त माइन्युटमा काम यस अघि नै सम्पन्न भइसकेको, भुक्तानी माग्ने, खाता खोल्ने, खाताको लागि सिफारिस माग्ने मात्र होइन खाता सञ्चालनको अख्तियार अध्यक्ष र कोक्षाध्यक्षलाई दिने निर्णय गरिएको छ । सबै कार्यसमिति सदस्यलाई थाहै नदिई किर्ते हस्ताक्षर र निर्णय गरेर २० लाख रुपैयाँ बजेट झ्वाम्म पारेका पाण्डेले किर्ते गरी बाँकी सदस्यले लामो समयसम्म थाहै पाउन नसकेको पाइएको छ ।

उपभोक्ता समितिको खाता सञ्चालन तथा बजेट फर्छ्यौटका लागि वडा अध्यक्षको सिफारिस चाहिन्छ । रोचक कुरा त वडा अध्यक्षले किर्ते हस्ताक्षर गरेको निर्णय चाल पाउँछन् भनने लागेर उनीहरूले वडा अध्यक्ष नभएको मौका छोपी सिफारिस लिएको समेत खुलेको छ । वडा अध्यक्ष नवराज पाण्डे काम विशेषले काठमाडौँ गएको बेला वडा सदस्य हरिकुमार गुरुआचार्यलाई कार्यवाहक तोकेका थिए । गुरु आचार्य कार्यवाहक भएका बेला झुक्क्याएर काम सम्पन्न भएको भन्दै सिफारिस लिन गएपछि गुरुआचार्यले बजेट फर्छौटको सिफारिस गरिदिएका थिए ।

यस विषयमा वडा सदस्य गुरुआचार्य आफू कार्यवाहक भएको बेला सबै योजना सम्पन्न भयो, भन्दै सबै कागजातका साथ आएकाले सिफारिस गरिदिएको बत्ताउँछन् । समितिका सचिव कसरी रकम भुक्तानी भयो भन्दै सोध खोज गर्दै आए पछि मात्र अध्यक्ष तथा कोषाध्यक्षको किर्ते उजागर भएको थाहा पाएको उनले बताए । वडा अध्यक्ष नवराज पाण्डे उपभोक्ताहरूले खानेपानी आयोजनाको काम र गुणस्तरको विषयमा कुरा गरेपछि मात्रै बुझ्न जाँदा डाँडाकटेरी कटरमहलमा काम भएको र पाखुरेमा कामै नभई भुक्तानी लिएको र समितिका सदस्यहरूलाई समेत झुकाएर रकम भुक्तानी लिएको खुल्न आएको बताउनहुुनछ ।

यस विषयमा समितिका अध्यक्ष तथा कोषाध्यषको मिलेमतो र किर्ते देखिन्छ आवश्यक बुझ्ने काम भइरहेको छ उनले भने । यस विषयमा पटक पटक बुझ्न खोज्दा उपभोक्ता समितिका अध्यक्ष हाम्रो सम्पर्कमा आउन मानेनन् । यसै बिच समितिका अध्यक्ष कोषाध्यषको किर्ते धन्दा छरप्रष्ट भएसँगै वडा कार्यालयले यस विषयमा सरोकारवालासँग बोलाएर सोधपुछ गरेको छ ।

Related Posts

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

September 24, 2023
प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023
प्रधानमन्त्री प्रचण्डले आजदेखि चीनको भ्रमण गर्नुहुने

प्रधानमन्त्री प्रचण्डले आजदेखि चीनको भ्रमण गर्नुहुने

September 23, 2023
नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने

नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने

September 22, 2023
डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

September 22, 2023

Discussion about this post

  • Trending
  • Comments
  • Latest
प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

August 28, 2023
हेटौँडा सिमेन्टको मूल्य घट्यो

हेटौँडा सिमेन्टको मूल्य घट्यो

August 29, 2023
राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

August 29, 2023
गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

August 29, 2023

Hello world!

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0

Shadow Tactics: Blades of the Shogun Review

0

macOS Sierra review: Mac users get a modest update this year

0
प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

September 24, 2023
एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

September 24, 2023
प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023

हाम्रो बारेमा

अध्यक्ष तथा सम्पादक : ओम संग्राम
संचार रजिस्ट्रार दर्ता नं. ८६१/२०७५-७६
प्रेस काउन्सिल दर्ता नं. १२४०/२०७५

Follow Us

सम्पर्क:

Access Media Pvt. ltd.
Gabha, Lalitpur, Nepal
accessmedianepal@gmail.com
लेख/रचनाको लागि
newsdesk@easykhabar.com
विज्ञापनका लागि सम्पर्क
9849669768

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।