• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 24, 2023
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • समाचार
  • जीवनशैली
  • इतिहास

    Hello world!

    Shadow Tactics: Blades of the Shogun Review

    The Last Guardian Playstation 4 Game review

    Mark Zuckerberg promises to travel the entire United States in 2017

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
  • मुख्यपृष्ठ
  • समाचार
  • जीवनशैली
  • इतिहास

    Hello world!

    Shadow Tactics: Blades of the Shogun Review

    The Last Guardian Playstation 4 Game review

    Mark Zuckerberg promises to travel the entire United States in 2017

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
EasyKhabar
EasyKhabar
  • इतिहास
  • भिडियो
  • जीवनशैली
  • अर्थ बजार
  • विज्ञान प्रविधि
  • साहित्य

युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास : प्रधानमन्त्री

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन

EasyKhabar EasyKhabar
September 16, 2023
A A
0
Share on FacebookShare on TwitterEmailWhatsapp

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवामा रहेको ज्ञान, सिपलाई सुदपयोग गदै देशलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को आज उहाँ उद्घाटन गर्दै उहाँले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सयुक्त राष्ट्र संघको सभामा नेपालका युवाको भाग्य भविष्यबारे सम्बोधन गर्ने समेत बताउनुभयो ।

उहाँले सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ लाई युवा उद्यमशीलता वर्ष घोषणा गरेको पृष्ठभूमिमा युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमा उपस्थित हुन पाउँदा खुसी लागेको भनाई राख्नुभयो ।

“युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास हो । युवा जनसंख्या उच्च रहेको यो समय जनसांख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था हो, जुन धेरै समय नरहन पनि सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले जनसांख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति हामीले प्राथमिकतापूर्वक ध्यान केन्द्रित गर्नुपर्दछ ।”

प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णाधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै सम्मेलनले युवाहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

“हामीले एकातिर युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ, अर्कोतिर युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ, ” उहाँले भन्नुभयो, “विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ ।”

उहाँले विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू गरेको भन्दै केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्ने लक्ष्य लिएका बताउनुभयो ।

उहाँले देशको अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गर्ने प्रक्रियाले तीव्रता पाएको भन्दै यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा रहेको बताउनुभयो ।

नेपाली युवाको सर्वाङ्गीण विकास गर्दै हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको उहाँको भनाईरहेको थियो ।

चालु आर्थिक वर्ष २०८०÷८१ लाई सरकारले युवा उद्यमशीलता वर्षको रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो । “यसबाट सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहन्छ । यसको लागि म सम्पूर्ण नेपाली युवालाई विशेष अपील गर्दछु,” उहाँले भन्नभयो ।

प्रधानमन्त्री दाहालले युवा उद्यमशीलतालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसंख्या १ करोड २४ लाख अर्थात् ४२.५६ प्रतिशत छ ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले उद्यमशीलताको सोचलाई अगाडि बढाउन आवश्यक रहेको छ । उहाँले लुम्बिनी, पशुपतिनाथ र सगरमाथा रहेको देशमा युवाले धेरै काम गर्न सक्ने बताउनुभयो । उहाँले दिनमा २४ घण्टालाई जसले सदुपयोग गर्न सक्छ त्यही व्यक्ति नै सफलता प्राप्त गर्न सकिने बताउनुभयो । ४० बर्ष मुनिका युवाले सफलता प्राप्त गरिरहेको उल्लेख गर्दै युवाहरु उद्यमीशल बन्नुपर्ने भनाई राख्नुभयो ।

जन्मलाई सार्थक बनाउने दायित्व तपाईहरको हो भन्दै समयलाई सदुपयोग गर्नुपर्ने भनाई राख्नुभयो ।

गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष एवम् सिनियर उद्यगी डा. उपेन्द्र महतो नेपालमा नै युवाहरु केही गर्न सक्ने बताउनुभयो ।
नेपालीहरुले संकल्प गर्न सके छोटो समयमा नै सुन्दर सक्ने उहाँको भनाई रहेको छौ ।

उहाँले कुन देशमा गएर वैदेशिक रोजगार भनेर सोच्ने तर विदेशीलाई नेपालमा नै रोजगारी दिने कुरा नसोचेको भन्दै नेपालमा नै युवालाई उद्यमशीलतातर्फ डोर्याउनुपर्ने बताउनुभयो ।

“युवाहरु संसारको सवै ठाउँमा गएर पनि पसिना बगाउनुपर्दछ । तर त्यही पसिना नेपालमा बगाउन सक्ने हो भने मुलुक समृद्ध हुने सक्ने छ,” उहाँले भन्नुभयो ।

पैसा अहिले समस्या होइन, मिहनेत र मनोवल ठूलो कुरा भएको बताउनुभयो ।

मेहनेत, इमान्दारिता र भाग्यले साथ दिनुपर्ने भन्दै उद्यगमा लगातार मेहनेत आवश्यक रहेको उहाँको भनाई राख्नुभयो ।

सामजिक कार्यमा लाग्न आग्रह गर्दै सामाजिक कार्य गर्नेलाई गलत कार्य गर्नबाट बचाउने बताउनुभयो । नेपाल अवसरै अवसर भएको देश रहेको भन्दै यहाँ धेरै हतोत्साहित नहुन आग्रह गर्नुभयो ।

विदेशमा गएका ९९ प्रतिशत नेपालीले नेपाल बनाउने चिन्ता गर्ने गरेको बताउनुहुन्छ । आफूमा विश्वास गरेर काम गर्ने सके सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

नेपालका लागि अमेरिकका राजदूत नेपालका युवा परिश्रमी रहेकोले युवा उद्यमीमा लगाउनुपर्ने बताउनुभयो । उहाँले युवाको नेतृत्वका विकास गर्न अमेरिकी सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सम्मेलनका संयोजक विशाल गैरेले युवालाई उद्यमशीलतातर्फ डोर्याउनका सहयोग गर्ने बताउनुभयो ।

उहाँले युवाका समस्यालाई समाधानको लागि प्रत्यन गरिएको उल्लेख गर्दै युवाका सवालको कार्यन्वयनमा समस्या रहेको बताउनुभयो ।
उहाँले सम्मेलनमा मार्फत युवा उद्यमीलाई स्टार्टप र इनोभेसनलाई अगाडि बढाउन खोजेको बताउनुभयो । नेपालमा बसेर उद्यम गरिरहेका युवा उद्यमीलाई उत्साह बनाउन लागि सम्मेलनमा आयोजना गरिएको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा युवा उद्यमशीलता सम्बन्धि वृत्तचित्र प्रर्दशन गरिएको छ ।

Related Posts

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

September 24, 2023
प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023
सरकार र आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति

सरकार र आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति

September 23, 2023
प्रधानमन्त्री प्रचण्डले आजदेखि चीनको भ्रमण गर्नुहुने

प्रधानमन्त्री प्रचण्डले आजदेखि चीनको भ्रमण गर्नुहुने

September 23, 2023
अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

September 22, 2023

Discussion about this post

  • Trending
  • Comments
  • Latest
प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

August 28, 2023
हेटौँडा सिमेन्टको मूल्य घट्यो

हेटौँडा सिमेन्टको मूल्य घट्यो

August 29, 2023
गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

August 29, 2023
राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

August 29, 2023

Hello world!

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0

Shadow Tactics: Blades of the Shogun Review

0

macOS Sierra review: Mac users get a modest update this year

0
प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

September 24, 2023
एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

September 24, 2023
प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023

हाम्रो बारेमा

अध्यक्ष तथा सम्पादक : ओम संग्राम
संचार रजिस्ट्रार दर्ता नं. ८६१/२०७५-७६
प्रेस काउन्सिल दर्ता नं. १२४०/२०७५

Follow Us

सम्पर्क:

Access Media Pvt. ltd.
Gabha, Lalitpur, Nepal
accessmedianepal@gmail.com
लेख/रचनाको लागि
newsdesk@easykhabar.com
विज्ञापनका लागि सम्पर्क
9849669768

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।

No Result
View All Result
  • इतिहास
  • भिडियो
  • जीवनशैली
  • अर्थ बजार
  • विज्ञान प्रविधि
  • साहित्य

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।