• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 24, 2023
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • समाचार
  • जीवनशैली
  • इतिहास

    Hello world!

    Shadow Tactics: Blades of the Shogun Review

    The Last Guardian Playstation 4 Game review

    Mark Zuckerberg promises to travel the entire United States in 2017

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो

  • साहित्य

२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः पटेला स्मार्ट उपाधि नजिक

EasyKhabar EasyKhabar
September 16, 2023
A A
0
Share on FacebookShare on TwitterEmailWhatsapp

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक पुगेको छ । आयोजक न्यु युवा सुन्दर शक्ती युवा क्लबलाई सेमिफाईनलमा फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट उपाधि नजिक पुगेको हो । पटेला स्मार्टले आयोजक न्यु युवा सुन्दर शक्तीलाई सेमिफाईनलमा ५–० ले हराउँदै फाईनलको यात्रा तय गरेको हो ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरुमा भने ईलाईट युवा क्लब र सागर युवा क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लबले जेवाईसी अत्तरियालाई हरायो । सागरले जेवाईसीमाथि १–० को जित निकाल्यो ।

कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको दोस्रो खेलमा ईलाईट युवा क्लब विजयी भयो । ईलाईटले नेपाल पुलिस क्लबलाई हरायो । ईलाईटले पुलिसमाथि पनि १–० को साघुरो जित दर्ता गर्यो । पुरुष तर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको टीम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १–० को जित हात पार्यो ।

नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Related Posts

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023
२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सुप ११ र सिआउर सेभेन उपाधिका लागि भिड्ने

२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सुप ११ र सिआउर सेभेन उपाधिका लागि भिड्ने

September 23, 2023
आफ्नै बाबाको हत्या गर्ने परिवार पक्राउ

२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सेमिफाईनल समिकरण पुरा

September 20, 2023
एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतलाई

एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतलाई

September 18, 2023
२४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु

२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः वरपिपल, ईलाईट र ३ नम्बर वडा कार्यालय विजयी

September 16, 2023

Discussion about this post

  • Trending
  • Comments
  • Latest
प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको अध्यक्ष निर्वाचित

August 28, 2023
हेटौँडा सिमेन्टको मूल्य घट्यो

हेटौँडा सिमेन्टको मूल्य घट्यो

August 29, 2023
गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

August 29, 2023
राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

August 29, 2023

Hello world!

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0

Shadow Tactics: Blades of the Shogun Review

0

macOS Sierra review: Mac users get a modest update this year

0
प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

प्रधानमन्त्री दाहालको जारी चीन भ्रमण : नेपालका कुटनीतिज्ञहरुले के भने ? कसको के सुझाव ?

September 24, 2023
एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

September 24, 2023
प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

प्रचण्ड फर्के लगत्तै नेकपा (माओवादी केन्द्र) र नेसपा बीच पार्टी एकता हुने

September 24, 2023
बणकी अतवार ब्रत

बणकी अतवार ब्रत

September 24, 2023

हाम्रो बारेमा

अध्यक्ष तथा सम्पादक : ओम संग्राम
संचार रजिस्ट्रार दर्ता नं. ८६१/२०७५-७६
प्रेस काउन्सिल दर्ता नं. १२४०/२०७५

Follow Us

सम्पर्क:

Access Media Pvt. ltd.
Gabha, Lalitpur, Nepal
accessmedianepal@gmail.com
लेख/रचनाको लागि
newsdesk@easykhabar.com
विज्ञापनका लागि सम्पर्क
9849669768

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।